Comments Add Comment

‘मासु भात’मा सौगात र श्रृष्टीको जोडी

बक्स अफिसमा नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठलाई हिट चलचित्र चाहिएको छ । यसैले पनि अब यी दुई एकसाथ चलचित्रमा देखिने तयारीमा छन् ।

वास्तविक जीवनमा समेत प्रेममा रहेका सौगात र श्रेष्टीलाई लिएर बन्न लागेको चलचित्रको नाम ‘मासु भात’ राखिएको छ । यो चलचित्रलाई सञ्जिब न्यौपानेले निर्देशन गर्दैछन् । चलचित्रका अन्य कलाकार र कथावस्तुको बारेमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिने न्यौपाने बताउँछन् ।

यसअघि ‘दाल भात तरकारी’को निर्माण घोषणा भैसकेको छ । अब, ‘मासु भात’ नाममा चलचित्र बन्ने भएको हो । चलचित्र ‘लालपूर्जा’मा काम गरेपनि सौगात र श्रृष्टीले पर्दामा एकसाथ देखिने मौका भने पाएका थिएनन् । रियल लाइफ जोडीलाई लिएर चलचित्र बनाउने क्रम बढेको समयमा सौगात र श्रृष्टीलाई पर्दामा पनि हेर्न दर्शक उत्सुक होलान् त ? प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment