१० भदौ, काठमाडौं । साफ च्याम्पियनसीपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली अहिले अभ्यासमा व्यस्त छ ।
प्रारम्भिक टोलीमा रहेका ३० खेलाडीसँगै कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जन, सहायक प्रशिक्षक किरण श्रेष्ठ र एथ्लेटिक ट्रेनर तथा पफर्मेन्स प्रशिक्षक विवेक विक्रान्त अधिकारी अभ्यासमा लागिपरेका छन् ।
१२ औं संस्करणको साफ आउँदो १९ गतेदेखि ३० गतेसम्म बंगलादेशमा आयोजना हुँदैछ । २३ वर्षमुनिको टोली १८ औं एसियाली खेलकुदमा सहभागी भएर फर्किएपछि गएको बुधबारबाट प्रशिक्षण सुरु गरिएको हो ।
नेपाल साफको समूह ‘ए’ मा आयोजक बंगलादेश, पाकिस्तान र भुटानसँगै रहेको छ । नेपाली टोलीका कप्तान विराज महर्जनले आफूहरुको तयारी राम्रो भइरहेको र फाइनलसम्म पुग्ने लक्ष्य राखिएको बताएका छन् ।
हेर्नुस् तस्वीरहरु :
प्रतिक्रिया 4