Comments Add Comment

अन्ततः नेहा धुपियाले देखाइन् गर्भ रहेको पेट

बलिउड अभिनेत्री नेहा धुपियाले आफू गर्भवती भएको अन्ततः स्वीकार गरेकी छन् । उनी गर्भवती भएको बारे धेरै चर्चा परिचर्चा चले पनि उनले मौनता साँध्दै आएकी थिइन् । जबकि उनका पति अंगद बेदीले भने आफ्नी पत्नी गर्भवती नभएको जिकिर गरेका थिए ।

नेहाले सामाजिक सञ्जालमा आफ्नो ‘बेबी बम्प’ देखाएकी छन् । कालो लुगामा उनको भुँडी निकै बढिसकेको देखिएको छ । नेहा र अंगदले तीन महिना अगाडि मात्र बिहे गरेका हुन् । नेेहाको भुँडीको आकार हेर्दा बिहे अगाडि नै उनी गर्भवती थिइन् भन्ने आशंकालाई बल मिलेको छ ।

बिहे अगाडि नै पेट बोकेको विषयमा गसिप बनेको थियो । पेट बोकेकैले हतारमा बिहे गरिएको चर्चा थियो । उनीहरुको बिहेमा निकै थोरै पाहुना उपस्थित थिए ।

नेहाका श्रीमान अंगदले यो चर्चाको खन्डन गरेका थिए । उनले विज्ञप्ती नै जारी गरेर नेहा गर्भवती नरहेको र उनी गर्भवती हुनासाथ आफूले मिडियामा घोषणा गर्ने बताएका थिए । तर, अहिले एकाएक नेहाले ठूलो भूँडी देखाएकी छन् । उनले फोटोको क्याप्सनमा लेखेकी छन्, ‘नयाँ सुरुवात’ । यसको अर्थ सहजै बुझ्न सकिन्छ । तस्वीरमा नेहा र उनका श्रीमान निकै खुशी देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment