Comments Add Comment

तेक्वान्दो खेलाडी दक्षिण कोरिया जाँदै, सभामुखद्वारा विदाइ

११ भदौ, काठमाडौं । ग्लोबल तेक्वान्दो डेमोन्स्टेसन प्रतियोगितामा भाग लिन नेपाली तेक्वान्दो खेलाडी सोमबार दक्षिण कोरिया जाँदैछन् ।

विश्व तेक्वान्दो महासंघको आयोजनामा यही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म दक्षिण कोरियामा हुन लागेको ग्लोबल तेक्वान्दो डेमोस्टेसन प्रतियोगितामा नेपाल तेक्वान्दो संघको टोली सहभागी हुन लागेको हो । सोमबार दिउँसो २ बजे दक्षिण कोरियातर्फ जान लागेको टोलीमा प्रशिक्षक, क्याप्टेनसहित २० जना सहभागी छन् ।

खेलाडीहरुलाई सोमबार विहान सभामुख कृष्णबहादुर महराले विदाइ गरे । सरकारी निवास वालुवाटारमा आयोजित कार्यक्रममा सभामुख महराले टोलीलाई अबिर माला लगाएर विदाइ गर्दै उच्च क्षमता प्रदर्शन गरी नेपालको नाम विश्वमा चिनाउन खेलाडीहरुलाई आग्रह गरे ।

‘तपाईंहरु नेपालको तर्फबाट तेक्वान्दो खेल्न जाँदै हुनुहुन्छ’, सभामुख महराले भने, ‘उच्च क्षमता प्रदर्शन गरी खेलमा विजय हासिल गर्नुहोस्, तपाईंहरुको सफलता सिंगो देशकै सफलता हुनेछ । तपाईंहरुलाई सफलताको लागि मेरो हार्दिक शुभकामना छ ।’

खेल क्षेत्रमा सफलता मिले नेपाललाई विश्वमा चिनाउन सकिने भन्दै सभामुख महराले राज्यले खेल क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment