उसो त, भदौ २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रोज’मा नायक प्रदिप खड्कासँग नायिका मिरुना मगरको जोडी नसुहाएको चर्चा पनि चलेको छ । तर, मिरुना भने कलाकारको जोडी उचाइले भन्दा पनि कामले सुहाउने बताउँछिन् । पहिलो चलचित्र ‘लालपूर्जा’को असफलताले मिरुना खासै दर्शकमाझ नोटिस हुन पाइनन् ।
अब, उनी मिरुना चलचित्र ‘रोज’बाट चम्कने दाउमा छिन् । उनी र प्रदिपले काम गरेको चलचित्र ‘रोज’ ‘फूल होइन’ बोलको गीतले चर्चा पाइसकेको छ । यो गीतमा मिरुना निकै आकर्षक पनि देखिएकी छिन् ।
चलचित्रमा काम गर्दा गाह्रो भएपनि अहिले दर्शकबाट पाएको प्रतिक्रियाले उत्साहित भएको उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4