+
+

पोखरामा भदौ १५ र १६ गते तायाःमचा नृत्य प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ११ गते १८:०६

११ भदौ, पोखरा । पोखरामा यस पटक पनि तायाःमचा नृत्य प्रतियोगिता हुने भएको छ । नेवाः खल कास्कीको आहृवान तथा तेर्सापट्टी तायःमचा नाच समिति पोखराको आयोजनामा आउँदो भदौ १५ र १६ गते तायाःमचा प्रतियोगिता तथा सांस्कृतिक महोत्सव २०७५ हुने भएको हो ।

प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर ३ तेर्सापट्टीको सडकमा हुने सोमबार पोखरामा आयोजना हुनेछ ।

लोपोन्मुख तायाःमचा नाचको संरक्षण गर्दै संस्कृति बचाउने उद्धेश्यले गरिन लागेको प्रतियोगितामा २८ समूहले भाग लिने नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । प्रतियोगितामा पोखराबाट २१ र लेखनाथबाट ७ वटा समूहले प्रतिस्पर्धा गर्ने उनले बताए ।

सांस्कृतिक महोत्सव अन्तर्गत विभिन्न सांगीतिक प्रस्तुती, नेवारी नाच र खानाका स्टलहरु पनि राखिने नेवाःखल कास्कीका उपाध्यक्ष तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको बिजेतालाई ३० हजार, उपबिजेतालाई २० हजार, तेश्रो हुनेलाई १० हजार र सान्त्वना हुने एक समूहलाई ५ हजारसहित प्रमाणपत्र प्रदान गरिने आयोजक तेर्सापट्टी तायाःमचा नाच समितिका अध्यक्ष कृष्ण कतिलाले जानकारी दिए ।

त्यस्तै, उत्कृष्ट महिला समूहलाई १५ हजार र उत्कृष्ट जोकरलाई ५ हजार तथा अन्य विधागत उत्कृष्ट प्रतियोगिलाई २/२ हजार प्रदान गरिने उनले बताए ।

यसैबीच, पोखरामा सोमबार गाईजात्रा निकालिएको छ । पोखरामा २१, लेखनाथमा ७ र हेमजामा एउटा गाइजात्रा निकालिएको हो । पोखराका विभिन्न भागबाट निस्किएको गाईजात्रा सहरका विभिन्न भागको परिक्रमा गरेका थिए ।

परम्परागत रुपमा निकालिएको सांस्कृतिक गाइजात्रा पोखरेलीले चाखपूर्वक हेरेका थिए । पोखरामा गाइजात्रासँगै तायाःमचा नाच पनि देखाइने गरेको छ ।

गाइजात्राको दिन सहरका विभिन्न भागको परिक्रमा गर्नुपर्ने भएकाले तायाःमचा नाच प्रतियोगिता पहिल्यैदेखि गाइजात्रा पछिको पहिलो शुक्रबार र शनिबार गरिंदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?