१२ भदौ, डडेल्धुरा । डडेल्धुरा सरमुकाम नजिकैको अमरगढी नगरपालिका-२ आइतबजार नजिकैको ठूला खोलामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
बगरकोटबाट सदरमुकामतर्फ आउँदै गरेको ना१ज ३११९ नम्बरको जीप मंगलबार अपरान्ह साढे १२ बजे दुर्घटना भएको हो ।
घाइते हुनेमा भागेश्वर गाउँपालिका-४ की शारदा मडै, सोही ठाउँका टेक मडै, सरस्वती गौली विष्ट, भागेश्वर-५ का रामदत्त जोशी, अजयमेरु गाउँपालिका-५ का बहादुर खड्का, सोही ठाउँका हिरा खड्का रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए ।
यस्तै कञ्चनपुरको झलारी नगरपालिका-१० की लक्ष्मी खडायत, अजयमेरु-५ का पुरुषोत्तम जोशी, गान्याधुरा गाउँपालिका-३ कि देवादेवी कठायत पनि घाइते भएको उनले बताए ।
घाइते सबैको डडेल्धुरास्थित उप-क्षेत्रीय अस्पतालमा भइरहेको जनाइएको छ । घाइतेहरुको टाउकोे, छाती र खुट्टामा चोट लागेको प्रहरीले बताएको छ ।
जीपमा चालकसहित १५ जना रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । जीप सडकबाट १५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया 4