Comments Add Comment

प्रदेश ७ को राजधानी र नामाकरणको विषय ओझेलमा

१२ भदौ,, डोटी । प्रदेश ७ राजधारी र नामाकरणका लागि सुझाव दिन गठित संसदीय बिशेष समितिले प्रतिवेदन बुझाएको एक साता बितिसक्दा पनि प्रतिवेदनले संसदमा प्रवेश पाएको छैन ।

साउन १४ गते बसेको प्रदेश सभाको बैठकले सात दिनभित्र प्रतिवेदन बुझाउने गरी सांसद तारा लामा तामाङ्गको संयोजकत्वमा गठन भएको पाँच सदस्यीय बिशेष समितिले गत मंगलवार प्रदेशसभा सभामुद अर्जुनवहादुर थापालाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा प्रदेशको राजधानी र नाम के राख्ने भन्ने बिषयमा उल्लेख भएको भएपनि बाहिर सार्वजनिक गरिएको छैन । प्रतिवेदन बुझ्दा छिट्टै प्रदेश सभामा पेश गरिने बताईएको भएपनि हालसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन ।

‘सभामुख ज्यूको स्वकीय सचिवालयमा दर्ता भएको छ तर प्रदेश सभा सचिवालयमा आइपुगेको छैन,’ संसद सचिवालयका सचिव बालानन्द शर्माले भने, ‘संसदीय कार्य व्यवस्था परामर्श समितिमा छलफल भएपछि संसदको कार्यसूचीमा आउँछ ।’ उनले कार्य व्यवस्था परामर्श समितिको बैठकमा समेत उक्त बिषयले प्रवेश नपाएको जानकारी दिए ।

सुझाव समितिले प्रतिवेदन बुझाइसकेपछि गत बुधबार र सोमबार गरी दुई पटक प्रदेश सभाको बैठक बसेको छ तर ती दुवै बठैकमा उक्त प्रतिवेदनले प्रवेश पाएको छैन ।

‘पहिले कार्य व्यवस्था परामर्श समितिमा कुन प्रक्रियबाट संसदमा छलफल हुने वा कुन प्रक्रियाबाट यो प्रस्तावलाई टुङ्गो लगाउने भन्ने बिषयम छलफल हुन्छ,’ शर्माले भने, ‘त्यसपछि संसदीय कार्यसूचीमा आउँछ र सांसदहरुलाई सोको प्रतिलिपी अध्ययनका लागि दिइन्छ ।’

प्रतिवेदनमा राजधानी र नामबारे के सुझाव आएको छ भन्ने बिषयमा आफुलाई कुनै जानकारी नभएको बताए । ‘बरु तपाई पत्रकारहरु उहाँहरुसँग सोधिराख्नु हुन्छ तपाईहरुलाई थाह होला,’ शर्माले भने, ‘हामीलाई यस बारेमा कुनै जानकारी छैन ।’ सात दिनको समयसिमा सहित गठन भएको समितिको चार पटकसम्म म्याद थप्दै २२ दिन पुगेको थियो ।

समितिको प्रतिवेदनमा कैलालीको गोदावरीमा राजधानी राख्ने र सुदूरपश्चिम प्रदेश राख्ने गरी सिफारिस गरेको चर्चामा आएपनि हालसम्म व्यहोरा सार्वजनिक भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment