Comments Add Comment

विप्लव समूहकी नेतृ उमा भुजेल पक्राउ 

१२ भदौ, काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको विप्लव समूहकी पोलिटब्यूरो सदस्य उमा भुजेल पक्राउ परेकी छन् ।

उनलाई काठमाडौंको बालाजुबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेको टोलीले आगजनी सम्बन्धी मुद्दामा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको स्रोतले बतायो ।

सशस्त्र द्वन्द्वका क्रममा गोरखा जेल ब्रेक गरेर चर्चामा आएकी भुजेल पहिलो संविधानसभामा समानुपातिक निर्वाचन पद्धतिबाट सांसदसमेत बनेकी थिइन् ।

माओवादी विभाजन हुँदा मोहन वैद्य नेतृत्वको पार्टीमा गएकी उनी नेत्रविक्रम चन्दले पार्टी फुटाएर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि त्यसमा सक्रिय हुँदै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment