Comments Add Comment

आजका पत्रपत्रिकाः बिमस्टेकपछि भारतमा संयुक्त सैन्य अभ्यास

१३ भदौ, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरु बिमस्टेकमय बनेका छन् । बिमस्टेक शिखर सम्मेलनमा केन्द्रित पत्रपत्रिकाहरुले बैठक सकिएपछि भारतमा संयुक्त सैन्य अभ्यास हुनेदेखि पर्यवेक्षकमा चीनको चर्चा चलेकोसम्मका खबर लेखेका छन् ।

नेकपाका दुवै घटकमा असन्तुष्टि देखिएकोलाई केही पत्रिकाहरुले समेटेका छन् । जिल्ला तथा प्रदेश नेतृत्वलाई लिएर दुवै घटकबीच असन्तुष्टि चुलिएको हो ।

पत्रपत्रिकाहरुको पहिलो पृष्ठमै एनसी विमान खरिदबारे छानबिन गर्न गठित समितिले उल्टै ढाकछोप गरेको, मुख्य अपराधमा प्रहरी नै तानिएको, बिम्स्टेक पाहुनाका लागि ३ रुट तय गरिएको, दोषी लुकाउन निर्दोष किशोरलाई चरम यातना दिइएको, वितरण भइनसक्दै गयिरब परिचयपत्रको म्याद सकिन लागेको लगायत खबर छन् ।

कान्तिपुरले ‘बिमस्टेकपछि भारतमा संयुक्त सैन्य अभ्यास’ शीर्षक दिएर चौथो शिखर सम्मेलनलगत्तै भारतमा संयुक्त सैन्य अभ्यास हुने लेखेको छ । समाचार अनुसार ३०–३० जना सैन्य अधिकारी सम्मिलित संयुक्त अभ्यास भदौ २५ देखि ३१ सम्म भारतको पुणेमा हुनेछ ।

कान्तिपुर लेख्छ– भारतले पाकिस्तान सदस्य रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई बेवास्ता गरिरहेको बेला बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का सात राष्ट्रले गर्ने संयुक्त सैन्य अभ्यासलाई भारतीय प्रभावका रुपमा चर्चा गर्न थालिएको छ ।’

नागरिक दैनिकले प्रदेश ५ मा डेढ महिनाको अवधिमा ३३ बलात्कृत भएको डरलाग्दो तथ्यांक प्रस्तुत गरेको छ । समाचार अनुसार अधिकांश घटना सार्वजनिक नगरेर परिवारभित्रै मिलाइने गरेको छ ।

नागरिकमै नेकपामा केपी ओली र माधव नेपालबीच खटपट परेको समाचार छ । जिल्ला अध्यक्ष चयन गर्दा पार्टी अध्यक्षले एकलौटी गरेको आरोप लगाउँदै नेपाल पक्ष असन्तुष्ट बनेको हो ।

कञ्चनपुर हत्या प्रकरणमा दोषी लुकाउन प्रहरीले किशोरलाई चरम यातना दिएको खबरलाई नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ ।

वितरण भइनसक्दै गरिब परिचयपत्रको म्याद सकिन लागेको अर्को खबर पनि नयाँ पत्रिकामा छ । योजनाअनुसार ०७० मै परिचयपत्र वितरण हुनुपर्ने थियो । तर भएन । त्यसैले परिचयपत्रको ५ वर्षे म्याद चार्ल आर्थिक वर्षसम्म अर्थात् ११ महिना मात्रै बाँकी छ ।

अन्नपूर्णमा बिम्स्टेक बडापत्र बनाउने सहमति भएको समाचारसँगै एनएसी वाइडबडी खरिद प्रक्रियाबारे छानबिन गर्न गठित समितिले उल्टै ढाकछोप गरेको खबर छ । नेकपाको दुवै घटकमा असन्तुष्टि देखापरेकोलाई पनि अन्नपूर्णलाई पहिलो पृष्ठमा प्राथमिकताका साथ समेटेको छ ।

राजधानीमा बिम्स्टेकलाई लक्षित गरेर काठमाडौंमा गरिएको विकासप्रति जापानी पर्यटकले असन्तुष्टि जनाएको समाचार छ । समाचार अनुसार टोकियोस्थित रिक्यो युनिभर्सिटीबाट पहिलोपटक नेपाल भ्रमणमा आएका पर्यटन विषयका विद्यार्थीले हतारमा गरिएको कामबाट लाज नछोपिएको प्रतिक्रिया दिएका छन् ।

हेर्नुहाेस् अाजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment