Comments Add Comment

पाकिस्तानी प्रधानमन्त्री इमरान खान राष्ट्रसंघको महासभामा नजाने

१३ भदौ, काठमाडौं । पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खान आगामी महिना हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नजाने भएका छन् ।

देशको अर्थतन्त्र धेरै कमजोर भएको र त्यसको सुधारमा ध्यान दिनुपर्ने भन्दै उनले महासभामा नजाने बताएका हुन् ।

मंगलबार बेलुका पत्रकारहरुसँग कुरा गर्दै पाकिस्तानका विदेशमन्त्री शाह मेहमुद कुरेसीले यसको पुष्टी गरे । प्रधानमन्त्रीको सट्टा विदेशमन्त्री शाह मेहमुद कुरेसीले आगामी सेप्टेम्बर १८ मा उद्घाटन हुने राष्ट्रसंघको ७३ औं महासभामा पाकिस्तानी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।

उनले पत्रकारसँग भने, ‘प्रधानमन्त्री खान महासभामा जाँदैनन् । पाकिस्तानी प्रतिनिधिमण्डलको नेतृत्व मैले गर्नेछु ।’

पाकिस्तानमा नयाँ प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने कि देशको आर्थिक मुद्दाहरुमा ध्यान केन्द्रित गर्ने भन्नेबारेमा चर्को बहस भएको थियो ।

कुरेसीले पत्रकारसँग भने, ‘प्रधानमन्त्रीले देशको अहिलेको अवस्थाको कारणले आफूले धेरै ध्यान दिन आवश्यक भएको महसुस गर्नुभएको छ ।’

गत आर्थिक वर्षमा पाकिस्तानको अर्थतन्त्र ५.८ प्रतिशतले वृद्धि भएको थियो र जुन विगत १३ वर्षमा सबैभन्दा बढी हो ।

तर, विद्यमान मुद्रा संकट तिब्र रुपमा वृद्धि हुँदै गरेको अर्थतन्त्रलाई धरापमा पार्न सक्ने अवस्था देखिएकाले प्रधानमन्त्री खानले आर्थिक मुद्दाहरुमा केन्दि्रत रहेर समस्या समाधान गर्न चाहेको बताएका छन्

द टाइम्स अफ इन्डिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment