Comments Add Comment

सोमपालले लिए यूएईको पाँचौं विकेट

१४ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको युएईको पाचौं विकेट पतन भएको छ ।

नेपालले ३४.१ ओभरमा युएईको पाचौं विकेट लिएको हो । नेपालका लागि सोमपाल कामीले मोहम्द उस्मनलाई १३ रनमा आउट गराए । युएईको ३५ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा १६४ रन भएको छ ।

यसअघि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २-२ विकेट लिएका छन् । सन्दीपले शैमन अन्वारलाई ३ र युएईका कप्तान रोहन मुस्तफालाई १ रनमा आउट गराए । त्यस्तै, बसन्त रेग्मीले अश्फाक अहमदलाई ४५ र रमिज शाहजादलाई ३५ रनमा एल्बिडब्लु आउट गराएका थिए ।

एकदिवसीय मान्यता प्राप्त खेलमा अहिले क्रिजमा चिराग सुरी ६२ र एड्नान मुफ्ती ५ रनमा खेलिरहेका छन् ।

आफ्नो पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएकोले पनि आजको खेलमा नेपालको लागि जित्नै पर्नै दबाव छ । युएईले भने आफ्नो पहिलो खेलमा सिंगापुरलाई २१५ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment