Comments Add Comment

ओपो ‘एफ नाइन’ सार्वजनिक, ५ मिनेट चार्ज गरेर २ घन्टा फोन गर्न सकिने

१४ भदौ, काठमाडौं । ओपोले नयाँ सेल्फी एक्स्पर्ट एण्ड लिडर ‘ओपो एफ नाइन’ नेपालीबजारमा सार्वजनिक गरेको छ । काठमाडौंमा बुधबार बृहत समारोह विच कम्पनीले बहुप्रतिक्षित सेल्फी एक्स्पर्ट ओपो एफ नाइन सार्वजनिक गरेको हो ।

समारोहमा आईएनटीएम (ईन्डियाज् नेक्स्ट टप मोडल) सुपर मोडल सबिता कार्की र बुगीवुगी नेपाल संस्करणकी विजेता कविता नेपाली लगायत अन्य लोकप्रिय कलाकारको समेत उपस्थिति थियो ।

यो फोन आकस्मिक अवस्थमा ५ मिनेट चार्ज गरेर २ घण्टासम्म प्रयोग गर्न सकिन्छ । सेल्फीमा एक्सपर्ट यसको फास्ट चार्जिङ सिस्टम झनै आकर्षक र उपयोगी छ ।

ओपो एफनाइन वाटरड्रप स्त्रिmन डिजाइन सहितको उद्योगकै पहिलो हृयाण्डसेट हो । फोनको अघिल्लो भागमा रहेको टप नोचमा रिसिभर, क्यामेरा र लाइट सेन्सरको प्रयोग गरिएको छ ।

यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदान गर्नुका साथै प्रयोगकर्तालाई ठूलो स्कीनको मज्जा दिने कम्पनीको भनाइ छ ।

ओपो एफ नाइनमा रहेको ९०.८ रेसियो सहितको १९.५ः ९ वाटर ड्रप स्क्रीनले फोनको अघिल्लो भागलाई निकै सुन्दर र आकर्षक देखाउँछ ।

वाटरड्रप डिजाइनको अवधारणालाई थपजीवन्तता प्रदान गर्न फोनमा क्यामेरा र फ्ल्यास लाइट एकै साथ उपलब्ध गरिएको छ । यसलाई झट्ट हेर्दा एक अर्कामा आकषिर्त भइरहेका पानीका दूई थोपा झैँ देखिन्छ ।

यसमा २५ मेगापिक्सलको फ्रन्ट क्यामेरा छ । १६ मेगापिक्सलको डुअल रेअर क्यामेरा पनि छ । ४ जीबी र्‍यामको ४१ हजार ५९० र ६ जीबी र्‍यामसहतिको ४५ हजार ५९० रुपैयाँ राखिएको छ ।

नयाँ फोनकै माध्यमबाट ओपोले कम्प्याक्ट स्पेशियल स्ट्रक्चरको सुनिश्चितता प्रदान गर्दै प्राकृतिक आवाज प्रदान गर्न नयाँ च्यानल साउण्ड कन्डक्सन पनि उपलब्ध गराएको छ ।

वाटरड्रप स्कीनलाई जीवन्तता प्रदान गर्न फोनको स्क्रीन डिजाइनमा विस्तारित राउण्डेड कर्नरहरुको प्रयोग गरिएका छन् । यसले फोन समाउँदा सहजताको अनुभव प्रदान गर्नुका साथै फोनलाई थप आकर्षक रुप प्रदान गरेको छ ।

स्त्रिmनसँग समायोजन गरिएको क्यामेरालाई कम्पनीले फ्रण्ट कोटिङ फिल्म सहितकालो रंगमा पेण्ट गरेको छ । यसले फोनको अघिल्लो भागको ईन्टिगि्रटी झल्काउन समेत उल्लेख्य भुमिका खेलेको छ ।

उद्योगकै अग्रगामी फि्लप एलईडी प्रविधि, रिसिभर टप स्टेरिङ साउण्ड कन्डक्सन, लाइट सेन्सेसन हर्न सेप्ड लाइट कन्डक्सन, ग्याप एप्रोचिङ डिजाइन लगायत ४६ ओटा प्याटेन्टसहित ओपो एफनाइनको डिजाइन आँखाका लागि आरामदायी र जीवन्त दृष्यानुभूति प्रदान गर्ने सोचका साथ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment