Comments Add Comment

एसिया कप छनोटमा हङकङको पहिलो जित

१४ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेटमा हङकङले पहिलो जित हात पारेको छ ।

बिहीबार सिंगापुरलाई ५ विकेटले हराउँदै हङकङले पहिलो जित निकालेको हो । सिंगापुरको दोस्रो हार हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको सिंगापुरले ४१.२ ओभरमा सबै विकेट गुमाएर १५० रन बनायो ।

उसका अभिराज राजदिप सिंहले ४२ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन् । सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा हङकङका नदिम अहमेदले ४ विकेट लिए भने तनवीर अफजल र इसान नवाजले २-२ विकेट लिए ।

जवाफमा मैदान उत्रिएको हङकङले किन्चत शाहको नअआउट ४७ रनको मदतमा ३४.२ बलमा मात्र ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । हङकङका लागि निजाकत खान मोहम्मदले ३६ रन बनाउँदा बाबर हायतले २६ रनको योगदान दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment