Comments Add Comment

बलात्कार घटनाको अनुसन्धानमा गम्भीर हुन आईजीपीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ, १४ भदौ । गृहमन्त्री रामबहादुर थापा’बादल’ले महिला हिंसा र बलात्कारका घटनाको अनुसन्धानमा गम्भीर हुन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई निर्देशन दिएका छन् ।

बिहीबार गृहमन्त्रालयमा बोलाएर उनले खनाललाई महिला हिंसा र बलात्कारका घटनाको उजुरीमा लापरबाही नगरी गम्भीरतापूर्वक कारबाही गर्न निर्देशन दिएका गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

गृहमन्त्री थापाले पछिल्लो समय महिला हिंसा र बलात्कारका घटनाप्रति ध्यानाकर्षण भएको भन्दै त्यस्ता घटना रोक्नका लागि विशेष योजना बनाउन पनि प्रहरीलाई निर्देशन दिएका छन् ।

बलात्कारका घटना न्युनीकरणका लागि देशव्यापी रुपमा अभिभावकदेखि बालबालिकासम्मलाई सचेतनामूलक कार्यक्रम र जागरण अभियान सञ्चालन गर्नुपर्ने गृहमन्त्री थापाले बताए ।

गृहमन्त्री थापाले यस्ता घटनामा मिलापत्र गराउन खोज्नु पनि अपराध भएको भन्दै कहीँकतै त्यस्तो भएको भए त्यस्ता घटनामा संलग्न प्रहरीहरुलाई पनि कारबाहीको दायरामा ल्याउन महानिरीक्षक खनाललाई निर्देशन दिए ।

छलफलमा गृहमन्त्री थापाले कञ्चनपुरकाी निर्मला पन्तको मृत्युको घटनाको सत्य, तथ्य बाहिर ल्याउनका लागि गठित छानविन समितिलाई सहयोग पुग्ने गरी सबैपक्षले काम गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment