Comments Add Comment

चाबहिल जोरपाटी सडकले रोक्यो गोकर्ण रिट्रिट !

१४ भदौ, काठमाडौं । सरकारले बिमस्टेक राष्ट्र तथा सरकार प्रमुखहरुलाई गोकर्ण रिसार्टमा रिट्रिट दिने तयारी गरेको थियो ।

तर, चाबहिल-जोरपाटी-साँखु सडकको दुरावस्थाकै कारण गोकर्ण रिट्रिट रोकिएको छ । अब बिमस्टेक सम्मेलन आयोजना स्थल होटल सोल्टीमै रिट्रिट दिइनेछ ।

गोकर्णमा रिटि्रट दिने भएपछि भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ आफैं सडक अनुगमनमा गएका थिए । उनले भदौ १२ सम्म सडक बन्ने दाबी पनि गरे ।

तर, सम्मेलन सुरु हुँदा पनि सडकको अवस्था उस्तै छ । सडक विभागले माटो मिस्सिएको गिट्टी हालेको छ । तर, लगातार पानी परेका कारण धेरै ठाउँमा रोपाइँका लागि तयार पारिएको खेत जस्तै छ भने खाल्डाखुल्डी पनि कायमै छ ।

त्यसैले अब सोल्टी होटलमै रिट्रिट दिइने भएको छ । ‘कच्ची त्यो पनि हिलाम्मे सडकमा विदेशी राष्ट्र तथा सरकार प्रमुखहरुलाई कसरी यात्रा गुराउनू’ एक अधिकारी भन्छन्, ‘त्यसैले गोकर्णको सट्टा सोल्टीमा नै रिट्रिट राखिएको छ ।’

परराष्ट्र मन्त्रालयका अनुसार भोलि शुक्रबार विहान ८:३० बजेदेखि १०:१० बजेसम्म रिटि्रट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment