Comments Add Comment

आजका पत्रपत्रिकाः गरिबी निवारण कोषको ३१ अर्बको अभिलेख नष्ट

१५ भदौ, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरु बिमस्टेकमय बनेका छन् । खासगरी बिमस्टेकका प्राथमिकता र यसका सदस्य राष्ट्रका प्रमुख तथा प्रधानमन्त्रीहरुले व्यक्त गरेका धारणालाई आजका सबै पत्रिकाहरुले महत्त्वका साथ समेटेका छन् ।

बिमस्टेकका अतिरिक्त पत्रपत्रिकाहरुमा प्रकाशित अन्य सामग्रीहरुमा भने विविधता छ । पत्रपत्रिकाहरुको पहिलो पृष्ठमा कर्मचारी समायोजन कात्तिकबाट अघि बढ्ने भएको, गरिबी निवारण कोषको ३१ अर्बको अभिलेख नष्ट भएको, छुवाछुत गर्नेविरुद्ध कारबाही गर्न नयाँ कानून तयार भएकोलगायत खबर छन् ।

‘बिमस्टेकको मुख्य एजेन्डाः कनेक्टिभिटी र बुद्ध सर्किट’ शीर्षक दिएर मुख्य समाचार लेखेको कान्तिपुरले आधा दर्जन प्रस्ताव भारतको भएको उल्लेख गरेको छ । कान्तिपुरमै भारतसँग नेपालले रक्सौल–काठमाडौं विद्युत्तीय रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौता हुने खबर पनि छ ।

नागरिकले ‘सार्कको विकल्प बन्न सक्दैन’ भनेर प्रधानमन्त्री केपी ओलीले व्यक्त गरेको भनाइलाई मुख्य समाचार बनाएको छ । सत्यनिरुपण र बेपत्ता आयोगका पदाधिकारी र सरकारका मन्त्री आरोप–प्रत्यारोपमा उत्रिएको अर्को खबर पनि नागरिकमा छ ।

नयाँ पत्रिकाले गरिबी निवारण कोषको ३१ अर्बको अभिलेख नष्ट भएको खुलासा गरेको छ । सफ्टवेयर बिग्रिँदा गरिबी निवारण कोषको ३१ अर्ब रुपैयाँको हिसाबकिताब नष्ट भएको समाचारमा उल्लेख छ ।

समाचार अनुसार कोषले आन्तरिक प्रयोजनमा उपयोग गर्दै आएको एमआईएस नामको सफ्टवेयरमा राखिएका सबै डाटा नष्ट भएको छ । जसमा ०६० देखि कोषले सञ्चालन गरेका सबै कार्यक्रमको विवरणसहितका डाटा थियो ।
अन्य पत्रिकाहरुले जस्तै बिमस्टेक शिखर सम्मेलनमथि मुख्य समाचार लेखेको अन्नपूर्णले खर्च गराउने तर नखेल्ने खेलाडीहरुको प्रवृत्तिबारे पनि चर्चा गरेको छ ।

राजधानीले नेपालगञ्जलगायत आसपासका शहरमा टिटानस इन्जेक्सन अभाव भएको समाचार लेखेको छ भने गोरखापत्रले बिमस्टेक उदघाटन सम्मेलनको रोचक पक्षलाई एंकर बनाएको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment