Comments Add Comment

कस-कसको ‘राधा पियारी’ बनिन् बर्षा ?

चर्चित संगीतकार तथा गायक शम्भुजित बास्कोटाका फ्यानका लागि खुशीको खबर । शम्भुजितको स्वर मन पराउने दर्शकले फेरि एकपटक उनको आवाजमा गीत सुन्न पाएका छन् ।

शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको चलचित्र ‘चौका दाउ’को ‘राधा पियारी’ बोलको गतिमा शम्भुजितको स्वर सुन्न सकिन्छ । चलचित्रमा संगीत र कथा पनि उनकै छ ।

पुणेन्द्रु झाको निर्देशनमा तयार भएको यो कमेडी कथाको चलचित्रमा नायिका बर्षा राउतको साथमा कलाकारहरु विल्सन विक्रम राई, सन्तोष पन्त,  रविन्द्र झालाई फिचरिङ गरिएको छ । साथमा, चलचित्रमा तैयव शाह, निर्मल शर्मा लगायतको पनि अभिनय छ ।
दिर्घ गुरुङको छायांकन रहेको चलचित्रमा मित्र डी गुरुङको सम्पादन छ ।

सार्वजनिक यो गीतमा बर्षाका लागि मरिहत्ते गर्ने यूवा र पाका पुरुषहरुको शैलीलाई देखाइएको छ । सौर्यजित बास्कोटा र मनोजराज भण्डारीले यो चलचित्रको निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment