Comments Add Comment

ज्ञानेन्द्र मल्ल ११ रनमा आउट

१६ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेटमा आयोजक मलेसियाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दोस्रो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको हो । ज्ञानेन्द्र ११ रनमा आउट भए ।

यसअघि नेपालले पहिलो विकेटको रुपमा सुवास खकुरेललाई ९ रनमा गुमाएको थियो । अहिले नेपालको ९ ओभरको समाप्तिमा २ विकेट गुमाएर ४१ रन बनाएको छ ।

अहिले क्रिजमा अनिल कुमार शाह र कप्तान पारस खड्का रहेका छन् ।

वर्षाका कारण ढिलो गरी सुरु भएको खेल ३०-३० ओभरमा छोट्याइएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार बिहान ७ बजेर १५ मिनेटमा खेल सुरु हुने भनिएपनि पानी परेपछि खेल ढिलो सुरु हुने भएको हो ।

यो पनि पढ्नुहोस् 

नेपाललाई पहिलो झट्का, सुवास आउट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment