Comments Add Comment

मलेसियाविरुद्ध दबाबमा नेपाल, कप्तान पारस, अनिल र सागर आउट

१६ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेटमा आयोजक मलेसियाविरुद्ध नेपाल दबाबमा खेलिरहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले महत्वपूर्ण ५ विकेट गुमाई सकेका छन् । कप्तान पारस खड्काले १३ रन बनाएर आउट भए । पारस आउट भएसँगै ओपनर अनिल कुमार शाह १६ रनमा आउट भए । अनिल १२.४ ओभरमा एल्बिडब्लु आउट भएका थिए ।

लगतै १२.५ ओभरमा नेपालका भरपर्दा ब्याट्सम्यान सागर पुन शून्य रनमै आउट भए ।

यसअघि दोस्रो विकेटको रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भएका थिए भने पहिलो विकेटको रुपमा सुवास खकुरेल ९ रनमा आउट भएका थिए ।

अहिले नेपालको १३ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा ६० रन भएको छ ।

अहिले क्रिजमा आरिफ शेख र दीपेन्द्रसिंह ऐरी रहेका छन् ।

वर्षाका कारण ढिलो गरी सुरु भएको खेल ३०-३० ओभरमा छोट्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment