Comments Add Comment

एक महिनामै सवा खर्बको व्यापार घाटा

१७ भदौं, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना नै अर्थतन्त्रमा नकरात्मक संकेत देखिएको छ । आर्थिक वर्ष २०७५/७६ मा अर्थतन्त्रमा व्यापक सुधार हुने सरकारको दावी रहेपनि एक महिनामा नै भन्सार विभागले सवा खर्ब नजिक व्यापारघाटा पुगेको तथ्यांक सार्वजनिक गरे पछि नकरात्मक सन्देश देखिएको हो ।

चालु आर्थिक वर्षको पहिलो महिना नै मुलुकले १ खर्ब १३ अर्ब ६८ करोड ८६ लाख ४६ हजार रुपैयाँ व्यापारघाटा बेहोरेको भन्सार विभागले जनाएको छ ।

आर्थिक वर्षको पहिलो महिना साउनमा विभिन्न मूलुकबाट १ खर्ब २० अर्ब ६१ करोड २० लाख ५३ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ भने सोही अवधिमा ६ अर्ब ९२ करोड १५ लाख रुपैयाँको मात्रै निर्यात भएको छ ।

भारतसँगमात्रै ६७ अर्बको व्यापारघाटा

विगतको झै साउन महिनामा भारतसँगकै व्यापारघाटा उच्च देखिएको छ । एम महिनाको अवधिमा भारतबा ७१ अर्ब ३० लाख ९८ हजार रुपैयाँ बरारबरको वस्तु तथा सेवा आयात हुँदा जम्मा ३ अर्ब ९८ करोड ७९ लाख ८२ हजार रुपैयाँको मात्रै वस्तु तथा सेवा निर्यात भएको भन्सार विभागले जनाएको छ ।

जसअनुसार भारतसँगको व्यापारघाटा एक महिनाको अवधिमा ६७ अर्ब १ करोड ५१ लाख १६ हजार रुपैयाँ पुगेको छ ।

व्यापार घाटाका आधारमा चीन दोस्रो स्थानमै देखिएको छ । विगतमा पनि दोस्रो स्थानमै देखिने चीनसँग नेपालको व्यापारघाटा समीक्षा अवधिमा १४ अर्ब ८५ करोड ४० लाख ७४ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा नेपालबाट चीन तर्फ ८ करोड ५१ लाख ३० हजार रुपैयाँको मात्रै वस्तु तथा सेवा निर्यात भएको छ भने सोही अवधिमा १४ अर्ब ९३ करोड ९२ लाख ४ हजार रुपैयाँको वस्तु तथा सेवा चीनबाट आयात भएको विभागले जानकारी दिएको छ ।

व्यापारघाटका हिसाबले तेस्रो, चौथो र पाँचौ स्थानमा क्रमशः फ्रान्स , यूएई र क्यानडा देखिएका छन् । यस अवधिमा प|mान्ससँगको व्यापारघाटा १२ अर्ब ७४ करोड ४७ लाख २८ हजार रुपैयाँ भएको छ भने यूएईसँग २ अर्ब १७ करोड ८६ लाख ७७ हजार रुपैयाँको व्यापारघाटा भएको छ ।
क्यानडासँगको भने यस अवधिमा १ अर्ब ९० करोड ४७ लाख ४४ हजार रुपैयाँको व्यापारघाटा भएको छ ।

५७ प्रतिशतले बढ्यो 

अघिल्लो वर्षको पहिलो महिनाको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा ५७.१८ प्रतिशतले व्यापारघाटा बढेको हो ।

गत आर्थिक वर्षको साउन महिनामा ७६ अर्ब ७३ करोड ६० लाख ७३ हजार रुपैयाँको व्यापार घाटा भएको थियो । अघिल्लो वर्षको तुलनामा निर्यात थोरै भए पनि बढेको छ । तर, आयात भने ठूलो मात्रामा बढ्दा व्यापारघाटा पनि वृद्धि भएको हो ।

गत वर्षको साउन महिनामा ६ अर्ब ७० करोड ७७ लाख ९५ हजार रुपैयाँको वसतु तथा सेवा निर्यात भएको थिए ।

८७ प्रतिशतले बढ्यो इन्धन आयात

चालु आर्थिक वर्षको पहलिो महिनामा इन्धन आयातमात्रै ८७ प्रतिशतले बढेकेा विभागले जनाएको छ । विभागका अनुसार गत वर्षको श्रावण महिनामा हवाईजहाज तथा पाटपूर्जा १ अर्व ४४ करोडको रु.को मात्र आयात भएकोमा यस वर्षको साउन महिनामा १३ अर्व ३० करोड रु.को आयात भएको छ ।

गत वर्षको श्रावण महिनामा सवै प्रकारका पेट्रोलियम ईन्धन ९ अर्व ६९ करोडको मात्र आयात भएकोमा उक्त वस्तुको आयात करिव ८७ प्रतिशतले वढी यस वर्षको श्रावण महिनामा १८ अर्व १० करोडको आयात भएको विभागको तथ्यांक छ ।

यसैगरी फलाम तथा स्टील वस्तुहरुको आयात गत वर्षको श्रावण महिनामा ८ अर्व ६३ करोडको भएकोमा यस वर्षको श्रावण महिनामा करिव ६९ प्रतिशतले वढी १४ अर्व ६२ करोडको आयात भएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment