काठमाडौं । अफगानिस्तानले तीन विशेषज्ञ स्पीनर- लेग, मिस्टी र लेफ्टआर्म राखेर एसिया कप खेल्ने टोली घोषणा गरेको छ ।
१७ सदस्यीय टोलीमा एकदिवसीय सिरिजमा आयरल्याण्डलाई हराउने खेलाडीहरु धेरै छन् । शारफुद्दीन अशरफसँगै विकेटकिपर मुनिर अहमद नयाँ अनुहार हुन् भने फास्ट बलर दौलत जादरानलाई टोलीमा समावेश गरिएको छैन ।
शारफुद्दीनले पछिल्लो पटक गत वर्ष मार्चमा विश्वकप छनोट खेलेका थिए । उनले ६ टी-२० आई खेलेका छन् । उनीसँगै रसिद खान र मुजिव उर रहमान स्पीन बलिङमा छन् ।
अफगान टिमसामू अफ स्पीनर अलराउण्डर मोहम्मद नाबीलाई खेलाउने विकल्प पनि छ ।
अहिलेसम्म सिनियर टोलीबाट नखेलेका मुनिर भने विकेट किपर ब्याट्सम्यानको दोस्रो विकल्प मानिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4