Comments Add Comment

कोहलीले धोनीलाई उछिने, राखे ४ हजार रनको रेकर्ड

१९ भदौ, काठमाडौं । भारतका चर्चित ब्याट्सम्यान विराट कोहलीले महेन्द्र सिंह धोनीलाई पछि पार्दै सबैभन्दा धेरै ४ हजार रन बनाउने कप्तानको रेकर्ड राखेका छन् ।

यसअघि ६० टेस्टको कप्तानी सम्हालेका महेन्द्र सिंह धोनीले ३ हजार ४५४ रन बनाएका थिए । तर, कोहलीले ६५ खेलबाट ४ हजार रन बनाउन सफल भए । कोहली कप्तानको रुपमा ४ हजार रन बनाउने पहिलो भारतीय खेलाडी हुन् ।

कोहली र धोनीपछि सबैभन्दा धेरै रन बनाउने भारतीय खेलाडीको रुपमा सुनील गावस्करको नाम आउँछ । उनले कप्तानको रुपमा २ हजार ४८३ रन बनाएका थिए ।

विराट कोहलीभन्दा अगाडि सबैभन्दा कम खेलमा ४ हजार रन बनाउने टेस्ट कप्तानको रेकर्ड वेस्टइन्डिजका ब्रायन लाराको नाममा थियो । उनले ७१ खेलमा यो आंकडा बनाएका थिए ।

विराटका साथै दक्षिण अफ्रिकाका ग्रीम स्मिथ, अष्ट्रेलियाका एलन बोर्डर, रिकी पोन्टिङ र ग्रेग च्यापल, वेष्ट इन्डिजका क्लाइब लायड र ब्रायन लारा, न्यूजिल्याण्डका स्टीफेन फ्लेमिङ, इङ्गल्याण्डका एलिस्टर कुक, पाकिस्तानका मिस्बाह उलहकले पनि कप्तानको रुपमा ४ हजार भन्दा बढी रनको रेकर्ड राखिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment