Comments Add Comment

बढुवा कुरेका कर्मचारीलाई अनौठो पुरस्कार, पोर्न स्टारसँग रात बिताउन पाउने

चीनमा एउटा कम्पनीले आफ्ना उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई यस्तो बोनस दिएको छ कि, त्यो सुन्दैमा आश्चर्यको सीमा रहनेछैन ।

कामकाजी कर्मचारीलाई आफूले काम गर्ने ठाउँबाट बोनस तथा बढुवाको आश सधैं नै भइरहन्छ । यस्तो लोभमा कर्मचारीले मरिमेटेर काम पनि गरेको हुन्छ । कम्पनीहरुले पनि कर्मचारीमा उत्प्रेरणा जगाउन अनेकन उपायहरु अपनाइरहेका हुन्छन् ।

आम रुपमा कम्पनीहरुले कर्मचारीलाई बोनसका रुपमा नगद, शेयर, उपहार तथा टूर प्याकेज आदि दिने गर्दछन् । तर चीनमा एउटा कम्पनीले आफ्ना उत्कृष्ट कर्मचारीलाई निकै फरक खालको बोनस प्रदान गरेको छ । कम्पनीले उत्कृष्ट कर्मचारीलाई पोर्न स्टारसँग रात बिताउने मौका प्रदान गरेको छ ।

कम्पनीको वार्षिकोत्सवको अवसरमा आयोजित पार्टीका बेला उक्त घोषणा गरिएको हो । त्यसका लागि कम्पनीले पोर्न स्टारको व्यवस्था पनि गरिसकेको जनाएको छ ।

समाचार अनुसार, सांघाइमा रहेको एक कम्पनीले यस्तो अफरको घोषणा गरेको हो । कम्पनीका अनुसार, उत्कृष्ट घोषित पुरुष कर्मचारीहरुले एकजना जापानी पोर्न अभिनेत्रीसँग रात बिताउन पाउनेछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment