Comments Add Comment

कुन देशका मानिसले बच्चाको पढाईमा धेरै खर्च गर्छन् ?

धेरजसो देशहरुमा शरद ऋतु विद्यालयमा नयाँ शैक्षिक सत्रको सुरुवातको समय हुन्छ, तर यदि तपाईं अमेरिका, रुस, आइसल्याण्ड, वा चिलीमा हुनुहुन्छ भने कुरा अर्कै हुन सक्छ ।

अब, पहिले केही प्रश्नहरुबाट सुरुवात गरौं ।

कुन देशमा बच्चा सबैभन्दा कम घन्टा विद्यालय जान्छन् ?

कुन देशका आमाबुबाले बच्चाको स्टेशनरी सामानमा सबैभन्दा धेरै खर्च गर्छन् ?

कुन देशका बच्चाले पढाईमा धेरै वर्ष खर्च गर्छन् ?

यदी तपाई हाम्रो देशमा पढाई धेरै महंगो छ भनेर सोच्नुहुन्छ भने विश्वका केही देशका शिक्षा व्यवस्थाका यी तथ्याङ्कहरुमा नजर राख्नुहोस् ।

अमेरिकामा यस्तो छ खर्च

अमेरिकामा कुनै बच्चाको किन्डरगार्टेनबाट माध्यामिक शिक्षा सम्मको पढाईमा आमा बुबाले ६८५ डलरको स्टेशनरी किन्छन् । मतलब हरेक अमेरिकी बच्चाको इन्टरमिडियटसम्मको पढाईमा करीब ७८ हजार रुपैंया स्टेशनरीमा मात्रै खर्च हुन्छ ।

सन् २००५ ताका हुने खर्चभन्दा यो २६० डलरले धेरै हो । पुरा देशको कुरा गर्ने हो भने अमेरिकाले सन् २०१८ मा २७।५ अर्ब डलरको स्कूले बच्चाको स्टेशनरी खरिद गर्यो ।

यसमा यदि हामीले विश्वविद्यालयको खर्च पनि जोडिदिने हो भने यो खर्च बढेर ८३ अर्ब डलर अर्थात करीब ९४ खर्ब रुपैंया हुन्छ । यसमा सबैभन्दा महंगो चीज रहेको छ, कम्प्युटर ।

हरेक अमेरिकी परिवार औसत २९९ डलर अर्थात ३४ हजार डलरको कम्प्युटर किन्ने गर्छन् । यसपछि सबैभन्दा ठूलो खर्च कपडामा हुन्छ, जुन २८६ डलर प्रति बच्चा पर्छ ।

त्यसपछि ट्याबलेट र क्याल्कुलेटर जस्ता चीजमा औसत २७१ डलर अर्थात ३० हजार रुपैंया औसत अमेरिकी बच्चाको खर्च हो । बाइन्डर्स, फोल्डर किताब र अन्य यस्ता चीजमा ११२ डलर प्रतिबच्चा खर्च आउँछ । अमेरिकामा बच्चाको शिक्षाको लागि आवश्यक यस्ता सामानमा हुने खर्च लगातार बढिरहेको छ ।

डेनमार्कका बच्चाहरुले विद्यालयमा धेरै समय बिताउँछन्

३३ विकसित देशमध्ये रुसका बच्चाहरुले सबैभन्दा कम समय स्कूलमा बिताउँछन् । उनीहरु वर्षमा केवल ५०० घन्टा विद्यालयमा रहन्छन् सबैदेशको हिसाब गर्दा औसत ८०० घन्टा रहेको छ ।

रुसका बच्चाहरुले हरेक कक्षापछि ब्रेक पाउँछन् अर्थात औसत रुसी बच्चाहरु विद्यालयमा पाँच घन्टा दैनिक बिताउँछन् । त्यस्तै उनीहरु कुल आठ महिनामात्रै विद्यालय जान्छन् तर यसको बाबजुद पनि रुसको साक्षरता १०० प्रतिशत छ ।

त्यस्तै अर्कोतर्फ डेनमार्क छ, जँहा प्राथमिक कक्षामा पढ्ने बच्चाहरुले वर्षमा १००० घन्टा विद्यालयमा बिताउने गर्छन् । यो रुसको ठ्याक्कै दोब्बर हो । डेनमार्कमा विद्यालयको दिन लामो हुन्छ र छुट्टी पनि कम हुन्छ ।

शिक्षाको हिसाबमा विश्वको उत्कृष्ट ५ देशमा डेनमार्क लगातार परिरहेको छ । यसबाट विद्यालयमा धेरै समय बिताउनाको फाइदा हुन्छ भन्ने प्रष्ट देखिन्छ ।

सबैभन्दा महंगो शिक्षा हङकङमा

विकसित देशको कुरा गर्ने हो भने विद्यालयको पढाई खर्चमा एक लाख डलरसम्म फरक हुन सक्छ । कक्षा शुल्क, आउनेजाने खर्च, बस्ने खर्च जोड्दा प्राथमिक बाट अण्डर ग्राजुएटसम्मको पढाईमा हङ्कङ सबैभन्दा महंगो देखिन्छ ।

यहाँका अभिभावकले एक बच्चाको पढाईमा औसत १ लाख ३१ हजार डलर अर्थात १ करोड ५० लाख रुपैंया भन्दा धेरै रकम खर्च गर्नुपर्छ र बच्चाको पढाईको यो खर्च त्यहाँ बच्चाल सरकारले दिने सहुलियत, कर्जा र कटाएपछिको हो ।

महंगो पढाईको हिसाबमा दोस्रो नम्बरमा संयुक्त अरब इमिरेट्स रहेको छ । यहाँ एक बच्चाको पढाईमा औसत ९९ हजार डलर अर्थात करीब एक करोड दश लाख रुपैंया खर्च आउँछ । त्यस्तै सिंगापुरमा एक बच्चाको अण्डरग्राजुएटसम्मको पढाईको खर्च ७१ हजार डलर हुन्छ भने अमेरिकामा ५८ हजार डलर अर्थात ६६ लाख रुपैंया पर्छ ।

अमेरिकामा बच्चाको पढाई महंगो हुँदै गएता पनि अभिभावकले कुल खर्चको २३ प्रतिशत बोझ मात्रै उठाउन पर्छ । प्रmान्समा एक बच्चाको पुरै पढाईको लागि आमाबुबाले औसतमा १६ हजार डलर अर्थात १८ लाख रुपैंया खर्च गर्छन् ।

रुखले पनि उठाउँछन् बच्चाको पढाईको बोझ

डिजिटल हुँदै गएको दुनियाँमा तपाईं एउटा कुरा सुनेर भने अचम्ममा पर्नुहुन्छ । आज पनि विश्वभरमा बच्चाहरुको पढाईको लागि धेरै ठूलो परिणाममा पेन्सिलको प्रयोग हुन्छ । पेन्सिलको आविष्कार भएको चार सय वर्ष पछि पनि अहिले विश्वभरमा हरेक वर्ष १२ देखि २० अर्ब पेन्सिल बनाइन्छ ।

यसको लागि अमेरिकाको उत्तर पश्चिममा पर्ने प्रशान्त महासागरको तटमा उम्रने सेडरको रुखको प्रयोग हुन्छ । तर, पेन्सिलमा प्रयोग हुने ग्रेफाइट भने चीन वा श्रीलंकाबाट आउँछ ।

विश्वभर बन्ने अरबौं पेन्सिल बनाउन हरेक वर्ष ६० हजार देखि ८० हजार रुख काटिन्छ ।

अष्ट्रेलियामा बच्चाको एक चौथाई उमेर विद्यालयमा बित्छ

हरेकको उमेरमा उमेरको एक समय यस्तो जतिखेर पढाई सकिन्छ तर न्यूजील्याण्ड र आइसल्याण्डमा करीब दुई दशक सम्म पढ्न पर्छ । कुनै  पनि देशमा बच्चाको पढाईको औसत वर्ष उनीहरुको प्राथमिक विद्यालयमा भर्ना भएपछि विश्वविद्यालय सम्मको पढाईको वर्ष जोडेर निकालिन्छ ।

यसको हिसाबले सबैभन्दा धेरै २२।९ वर्षसम्म अष्ट्रेलियाका बच्चाहरु पढ्छन् । उनीहरु ६ वर्षको उमेरबाट पढ्न सुरु गर्छन् भने २८(२९ वर्षको हुदाँसम्म पढ्दैरहन्छन् ।

बच्चाहरुले सबैभन्दा कम समय पढाईमा गुजार्ने देशमा अप्रिmकी देश नाइजेरिया रहेको छ । यहाँका बच्चा ७ वर्षको उमेरमा विद्यालय जान सुरु गर्छन् । नाइजेरियामा एक बच्चाले औसतमा ५।३ वर्ष विद्यालयमा गुजार्छन् । अष्ट्रेलियाको तुलनामा नाइजेरियामा विद्यालयमा बच्चाहरुले बिताउने अवधि १७ वर्ष कम छ ।

बिबिसीबाट भावानुवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment