Comments Add Comment

डोमिनिकलाई हराउँदै नाडाल पुगे सेमिफाइनलमा

२० भदौ, काठमाडौं । डिफेण्डिङ च्याम्पियन राफेल नाडालले यूएस ओपनमा यो सिजनकै सबैभन्दा लामो खेलमा डोमिनिक थिमलाई हराएका छन् र सेमिफाइनलमा स्थान बनाएका छन् ।

विश्व नम्बर एक नाडालले पहिलो सेट ६-० ले गुमाएका थिए । तर, ३२ वर्षीय स्पेनिस खेलाडीले लगातार दुई सेट जित्दै आफूलाई खेलमा फर्काए । चौथो सेट नवौं बरियताका अष्ट्रेलियन खेलाडी थिमले जितेपछि पाँचौं सेट निर्णायक रहृयो ।

निकै तनावपूर्ण सेट नाडालले विजयी भए । ४ घन्टा ४९ मिनेटसम्म चलेको खेलमा ०-६, ६-४, ७-५, ६-७ र ७-६ को जित निकाल्दै नाडाल सेमिफाइनलमा पुगे ।

जितपछि १७ पटकका ग्राण्डस्लाम च्याम्पियन नाडालले भनेका छन्, ‘मैले डोमिनिकलाई भनेकाु छु, म माफी चाहन्छु । उनीसँग जित्नका लागि अझै समय छ । भविश्यमा उनको समय आउनेछ, यसमा कुनै शंका छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment