Comments Add Comment

शाहरुखले भनेः सलमानको घरमा धेरै दिन खाना खाएको छु

बलिउड सुपरस्टारद्वय शाहरुख खान र सलमान खानबीच आजकाल खुब मेलमिलाप छ । विगतमा एक-अर्कालाई देखिनसहने उनीहरु अहिले एक-अर्काका लागि जे पनि गर्न तयार देखिन्छन् ।

हालै सलमानले आफ्नो एक टेलिभिजन शोमा शाहरुखलाई निम्त्याए । शाहरुखले नस्वीकार्ने कुरै थिएन । आफ्नो फिल्म ‘जिरो’ मा केमियो भूमिका गरेको गुन उनलाई तिर्नु जो थियो ।

शोमा शाहरुखले सलमानको खुबै प्रशंसा गरे । सलमानकै लागि आफू व्यस्तताका बाबजुद यो शोमा आएको बताए । साथै उनले आफ्नो संघर्षको बेलामा सलमानको परिवारले सहयोग गरेकोसम्म भन्न भ्याए ।

‘त्यतिबेला मैले धेरै दिनसम्म सलमानको घरमा खाना खाएको थिएँ,’ शाहरुखले भने, ‘सलमानको बुवाले मलाई निकै माया गर्नुहुन्थ्यो ।’
शोमा अभिनेत्री रानी मुखर्जी पनि निम्त्याइएकी थिइन् ।

रानीले रमाइलो गर्न खोजिन् । उनले शाहरुख र सलमानलाई एक-अर्कासँग आँखा जुधाउन भनिन् । तर, दुवैले अप्ठेरो मानेर आँखा चिम्लिए ।
‘म एकदम रोमान्टिक मान्छे छु, आँखा जुधायो भने सलमानसँग मेरो प्रेम बस्न सक्छ,’ उनले ठट्टा गर्दै भने ।

विगतमा सत्रुतापूर्ण सम्वन्ध रहेका यी दुई स्टार अहिले एक-अर्काको स्वार्थपूर्तिका लागि नजिकिएका हुन् भनेर बुझ्न गाह्रो छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment