२० भदौ, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन महिनाभित्रै सरकारले काठमाडौंलाई धुलो र हिलोमुक्त बनाउने दावी गरेका छन् ।
मकवानपुरको मनहरी गाउँपालिकास्थित रजैयामा अग्निहोत्राश्रमको चाणक्य सदन उद्घाटन गर्दै उनले हिलो र धुलोका कारण रुष्ट नेका सर्वसाधारणलाई सरकारले छिटै खुशी बनाउने बताए ।
उनले ६ महिनामै सरकारले काम गर्न सकेन भनी गरिएको मूल्यांकन न्यायसंगत नभएको प्रचण्डले बताए । अहिलेको सरकारले कुरा बढी गर्यो काम गरेन भन्ने आरोप खेप्नुपरेको भन्दै रेल मार्गको काम समयमै अघि बढ्ने प्रचण्डले दावी गरे ।
राजधानीबाहिर अन्तराष्ट्रिय विमानस्थलहरु बनिरहेको उदाहरण दिँदै उनले विकासले गति लिएको पनि बताए । प्रचण्डले अग्निहोत्राश्रममा वनस्पति होम गरे भने आश्रम परिसरमा राखिएको अमोघ वृक्षमा जल सिञ्चनसमेत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4