२० भदौ, काठमाडौं । ललितपुरको बाँडेगाउँमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पीडितको परिचय खुल्ने भएकाले प्रहरीले पक्राउ पर्नेको नाम खुलाएको छैन ।
महानगरीय प्रहरी प्रभाग, बाँडेगाउँले उनलाई मंगलबार पक्राउ गरेको हो । प्रभागका प्रहरी निरीक्षक सञ्जिव खड्काले प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेको पुष्टि गर्दै अनुसन्धान भइरहेको बताए ।
प्रहरी परिसर, ललितपुरका एक अधिकारीले पीडित बालिका १० वर्षीया भएको बताउँदै थापाथलीस्थित प्रसुती गृहमा स्वास्थ्य परीक्षण भइरहेको बताए ।
‘हामी प्रारम्भिक अनुसन्धानमै छ, स्वास्थ्य परीक्षणपछि थप विषय खुल्नेछ’, ती अधिकारीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4