Comments Add Comment

कुलचन्द्र गाैतमको ‘ग्लोबल सिटिजन फ्रम गुल्मी’ न्युयोर्कमा सार्वजनिक

न्यूयोर्क/ संयुक्त राष्ट्रसंघका पूर्व कुटनीतिज्ञ कुलचन्द्र गौतमको किताब न्युयोर्क शहरमा सार्वजनिक गरिएको छ ।

बुधबार युनिसेफको न्युयोर्कस्थित कार्यालयमा गौतमको किताब ‘ग्लोबल सिटिजन फ्रम गुल्मी’ सार्वजनिक गरिएको हो ।

गत महिना नेपालमा विमोचन भएको उक्त किताबमा गौतमको जीवन यात्रा समेटिएको छ । २००४ सालमा गुल्मीको विकट गाउँ अमरपुरमा जन्मिएका गौतम कसरी युनिसेफ हुँदै संयुक्त राष्ट्रसंघको उपमहासचिव बने भन्ने उल्लेख गरिएको छ ।

कार्यक्रममा बोल्दै गौतमले भने, ‘मेरो संघर्ष र यात्रा नेपाली साथीहरुका लागि नौलो नलाग्न सक्छ तर मलाई केहीले भनेका छन् कि यो यात्रा गैरनेपालीलाई रुचिकर हुन सक्छ ।’

त्यस्तै कार्यक्रममा युनिसेफ अमेरिकाका सिईओ कार्ल एम.स्टर्नले आफूले युनिसेफमा करियर सुरु गर्दा गौतमले ट्रेनिङ दिएको बताइन् ।

उता अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीले गौतमले नेपालको प्रजातन्त्रका प्राप्तिका लागि गरेको योगदानको चर्चा गरे ।

कार्यक्रममा पुस्तक बिक्रीबाट उठेको रकम युनिसेफ अन्र्तगत नपालको महिला शिक्षाको क्षेत्रमा खर्च गरिने जानकारी दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment