Comments Add Comment

शिवको मलाई म जस्तै बन्न देउ रिलिज

नेपाली सुगम सङ्गीतमा गजल र आधुनिक गायकको रुपमा बिशिस्ट स्थान बनाइसकेका चर्चित युवा गायक शिव परियार नेपाली संगीतमा नयाँ शैलीमा प्रस्तुत भएका छन् ।

महेश आचार्यको शब्दमा शिवको आफ्नै संगीत रहेको ई डी एम् भर्सनमा बनाइएको ‘मलाई म जस्तै बन्न देऊ’ बोलको गीत भिडियो सार्वजनिक गरीएको छ ।’शिवालय’ एल्बममा समाबेश यस गीतलाई सुजिल कर्माचार्यले एरेन्ज गरेका हुन् । शिव परियारको सधैँ जसो बजारमा आएको गीत भन्दा फरक शैलीमा निकालिएको यस गीतमा अहिलेको युवा वर्गलाई लक्षित परेर निकालिएको गायक परियारले बताए ।

प्रदर्शनको तयारीमा रहेको चलचित्र चलचित्र ‘कथा काठमाण्डू’की निर्देशक सञ्चारकर्मी संगीता श्रेष्ठले भिडियोलाई निर्देशन गरेकी हुन् । लुजा सिंहले खिचेको यो भिडियोलाइ भरत रेग्मीले सम्पादन गरेका छन । गीतमा मुख्य अभिनयमा नव कलाकार कृतिका काफ्लेको रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment