Comments Add Comment

सलमानको फिल्म हिन्दूवादीको निशानामा, अदालतमा पर्‍यो मुद्दा

आफ्ना ज्वाईंलाई नायक बनाएर सलमान खानले निर्माण गरिरहेको फिल्म ‘लवरात्री’ कानूनी झमेलामा फसेको छ । फिल्मको ‘टाइटल’ मा आपत्ति जनाउँदै एक हिन्दूवादी वकिलले बिहारको अदालतमा मुद्दा दायर गरेका छन् ।

हिन्दूहरुले मनाउने नवरात्री पर्वलाई बिगारेर ‘लवरात्री’ बनाइएको भन्दै मुद्दा दिइएको हो । फिल्मलाई आउँदो नवरात्रीकै सेरोफेरोमा रिलिज गर्ने तयारीले पनि निर्माताको खराब नियत प्रष्ट हुने निवेदकले बताएका छन् ।

‘सलमान खान मुस्लिम भएकाले उनले जानी-जानी हिन्दूहरुको भावनालाई आहत गर्ने काम गरिरहेका छन्,’ रिट निवेदनमा भनिएको छ ।
लवरात्री सलमानले आफ्नो भिनाजु आयूश शर्मालाई हिरो बनाउनका लागि नै बनाएको फिल्म हो । आयुष (उनकी बहिनी बनाएकी) अर्पिताका श्रीमान हुन् । सलमानले आफूलाई हिरो बनाउने शर्तमा नै आयूषले उनकी बहिनीसित बिहे गरेका थिए ।

यो मुद्दामा अदालतले आउँदो १२ सेप्टेम्बरमा फैसला सुनाउने छ । अदालतले रोकेन भने फिल्म ५ जनवरीमा रिलिज हुने छ । यसअघि फिल्मको ट्रेलर रिलिज लगत्तै पनि विवाद उत्पन्न भएको थियो । आगरामा रहेको हिन्दूवादी संगठन ‘हिन्दू हि आगे’ ले फिल्मको विरोध गर्दै पोष्टर जलाएको थियो । यस संगठनको आगरा यूनिटका प्रमुख गोविन्द परासरले सलमान खानलाई पिट्ने र फिल्मको सेटमा आगजनी गर्नेलाई २ लाख भारु दिने घोषणासमेत गरेका थिए ।

फिल्म कानूनी झमेलामा फसेपछि सलमान आत्तिएका छन् । उनले फिल्मको टाइटल सुन्दर रहेको भन्दै यसले हिन्दूहरुको भावनामा चोट नपुग्ने बताए ।

‘प्रेमभन्दा सुन्दर चिज संसारमा अरु केही पनि छैन । त्यसैले यो फिल्मको नाम लवरात्री राखिएको हो । यसले कुनै संस्कृतिको अपमान गर्दैन । फिल्म रिलिजपछि दर्शकहरुले सबै कुरा बुझ्नेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment