Comments Add Comment

एलिस्टर कुकलाई गार्ड अफ अनर

काठमाडौं । करियरको अन्तिम टेष्ट क्रिकेट खेल्न मैदान प्रवेश गर्दा एलिस्टर कुकलाई भारतीय टिमले गार्ड अफ अनर दिएको छ ।

दर्शकहरुले पनि उठेर सम्मान व्यक्त गरेका छन् । भारतका कप्तान विराट कोहलीले कुकसँग हात मिलाएका थिए भने इंग्ल्याण्ड क्रिकेट बोर्डका अध्यक्ष कोलिन ग्रेभ्सले १६१ नम्बरको क्याप दिए ।

यो नम्बर कुकले खेलेको कुल टेष्ट म्याचको नम्बर हो ।

कुकले हालै मात्र टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । उनी सबैभन्दा धेरै टेष्ट खेल्ने र धेरै रन बनाउने इंग्ल्याण्डका क्रिकेटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment