+
+

सुनकोशी-२ र ३ जलविद्युत संयुक्त लगानीमा बनाउने बंगलादेशको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २३ गते १५:४८

२३ भदौ, काठमाडौं । बंगलादेशले सुनकोशी-२ र सुनकोशी-३ जलविद्युत आयोजना संयुक्तरुपमा बनाउन प्रस्ताव गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको भ्रमणका क्रममा बंगलादेशले यस्तो प्रस्ताव अघि सारेको हो ।

ढांकामा सम्पन्न भएको ‘पावर एण्ड इनर्जी सप्ताह’मा उर्जा मन्त्री पुनका समकक्षी नसरुल हमिदले लगानीका लागि इच्छा व्यक्त गरेका हुन् । यी दुई आयोजनाबाट १५ सय मेगावाटमाथि बिजुली उत्पादन हुन्छ ।

गत साउनमा नेपाल र बंगलादेशबीच विद्युत विकास तथा आदानप्रदान र प्राविधिक सहयोगमा सहकार्य गर्ने गरी ‘इनर्जी को-अपरेसन’ सम्बन्धी समझदारी (एमओयू) भएको थियो ।

समझदारीपत्रमा द्विपक्षीय आर्थिक तथा व्यापारिक विकासमार्फत क्षमता अभिवृद्धि गर्ने, विद्युत उत्पादन, गि्रड कनेक्टिभिटी, ऊर्जा दक्षता, नवीकरणीय ऊर्जा तथा जलविद्युत विकासमा सहकार्य हुने विषय उल्लेख छन् ।

उक्त सम्झौता कार्यान्वयनका लागि ऊर्जा सचिव र सहसचिवस्तरीय समिति गठन भइसकेकाले काठमाडौंमा छिट्टै पहिलो सचिवस्तरिय बैठक बस्ने उर्जा मन्त्रीको सचिवालयले जनाएको छ । तीनदिने बंगलादेश भ्रमण सकेर उर्जामन्त्री पुन आज स्वदेश फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?