Comments Add Comment

सिरियाको इदलिबमा भीषण हवाई हमला

२४ भदौ, काठमाडौं । सिरियाको विद्रोही नियन्त्रित क्षेत्र इदलिबमा भीषण हवाई हमला भएको छ । सिरिया सरकार र रुसले विद्रोहीको कब्जामा रहेको रहेको इदलिबमा भीषण हमला गरेका हुन् ।

हमला १० अगस्टयताकै भीषण र हिंसात्मक भएको बताइएको छ ।

ठूलो मानवीय क्षति हुनसक्ने भन्दै यसअघि विभिन्न राष्ट्रहरुले आक्रमण नगर्न रुस र सिरियालाई आग्रह गरेका थिए । तर त्यसको बेवास्ता गर्दै विद्रोही क्षेत्रलाई निसाना बनाइएको छ ।

बीबीसीका अनुसार दक्षिणी इदलिबमा मात्रै ९ सर्वसाधारणको ज्यान गएको छ । तीमध्ये २ बालबालिका छन् ।

अधिकारकर्मीहरुले सिरिया र रुसले इदलिबका दक्षिणी भाग र हामा प्रान्तको सीमावर्ती क्षेत्रमा हिंसात्मक आक्रमण गरेको पुष्टि गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार, इदलिब र उत्तरी हामाका १९ वटा ब्यारेलमा बम खसालिएको छ ।

इदलिब सात वर्षदेखि लडिरहेका विद्रोही र जिहादी नियन्त्रित स्थल हो । मुख्य राजमार्गलगायत जोडिएकाले यो क्षेत्रलाई विद्रोहीको हातबाट फुत्काउन सिरिया सरकार र उसका सहयोगी राष्ट्रहरु प्रयासरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment