Comments Add Comment

संचिताको ‘गुनगुन’मा यस्तो पीडा

चलचित्र ‘गुनगुन’को टिजर सार्वजनिक भएको छ । कात्तिकको ३० गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई पुकार भट्टराइले निर्देशन गरेका हुन् । सामाजिक कथामा यो चलचित्र निर्माण गरिएको छ ।

प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा संचिता लुइँटेल , रविन्ऽ प्रताप सेन , सुवास मेचे , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई र स्वयम् निर्देशक भट्टराईको अभिनय छ ।

चलचित्रमा हिमाल केसीको द्वन्द , अर्जुन जीसीको सम्पादन र सौरभ लामाको छायांकन छ । चलचित्रको टिजरमा एक्सन, प्रेम र विछोडको कथालाई देखाइएको छ । निर्देशक भट्टराइले आफूले कलाकारितामा संगालेको अनुभवलाई चलचित्रमा देखाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment