+
+
Shares

‘आउने जाने’ भन्दै आर्यन र श्रृष्टी

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २४ गते १२:५६

असोज ५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बाँध मायाले’मा समावेश डान्सिङ नम्बर रिलिज भएको छ । अर्जुन पोखरेलको संगीत र लोकराज अधिकारीको शब्द रहेको गीतमा दुर्गा खरेल, ध्रुव विस्को र सुरेश लामाको आवाज छ ।

यो गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायक आर्यन अधिकारी, नायिका श्रृष्टी श्रेष्ठ, कलाकार राजाराम पौडेलको नृत्य हेर्न सकिन्छ । यो भिडियोको कभर भिडियो प्रतिस्पर्धा पनि सुरु गरिएको छ ।

एक लाख रुपैयाँ पुरस्कार घोषणा गरिएको कभर डान्स असोज ५ गते सम्म हुनेछ । असोज ८ गते विजेता घोषणा गर्ने निर्देशक सविर श्रेष्ठले जानकारी दिए ।

रामहरी धिताल र विभिषिका श्रेष्ठ निर्माता रहेको यो चलचित्रमा महेन्द्र अधिकारी सह निर्माताको रुपमा छन् । चलचित्रका कार्यकारी निर्माता केदार धिताल हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?