Comments Add Comment

उपत्यकाव्यापी डीएभी अन्तरकलेज फुटसल प्रतियोगिता

२४ भदौ,काठमाडौं । प्रथम डीएभी अन्तरकलेज फुटसल प्रतियोगिता-२०७५’ ललितपुरको ‘मुनलाइट सेकेन्डरी स्कुल’ (मोलिस कलेज)ले जितेको छ ।

डीएभी कलेज जावलाखेल ललितपुरको आफ्नै खेल मैदानमा भदौ २१, २२ र २३ गते ‘लिग कम नकआउट’ का आधारमा सञ्चालित यो प्रतियोगिताको फाइनलमा ‘मोलिस कलेज’को फुटसल टिमले ‘लिभरपुल इन्टरनेसनल कलेज’, काठमाडौंलाई पेनाल्टी सुटआउटमा पराजित गर्‍यो ।

उसले ट्रफीसहित नगद एक ल्ााखको पुरस्कार जित्यो । विजेता टिमका आभास योञ्जनलाई प्रतियोगिताको ‘उत्कृष्ट खेलाडी’को पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा ‘सर्वाधिक गोलकर्ता’ र ‘उत्कृष्ट गोलरक्षक’को पुरस्कार क्रमशः लिभरपुल कलेजका विविध विष्ट र लिभरपुलकै सौरभ कुटुले प्राप्त गरेका छन् ।

उपत्यकाका कूल ३८ कलेजका ४० टिमहरूको सहभागि प्रतियोगितालाई ‘एन्फा’को प्राविधिक सहयोग प्राप्त भएको थियो ।

प्रतियोगीता संचालनको क्रममा डीएभीका छात्र-छात्राहरुल फुड स्टल एवं बीएससी का छात्रा-छात्रहरुले ब्लड ग्रुप टेष्ट कार्यक्रम पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment