नायिका स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘बुलबुल’को छायांकन २५ दिनमा नै सकिएको छ । निर्देशक विनोद पौडेलले एउटा गीतको छायांकन बाँकी राखेर अन्य काम सकिएको जानकारी दिए ।
‘आउटडोरमा सेट नै लगाएर खिच्न पर्ने गीत छ । मौसम अझै सफा भइसकेको छैन । त्यही कारणले त्यो गीत दसैंतिहारको बीचमा खिच्ने गरी अहिलेलाई प्याकअप गरेका हौं ,’पौडेलले भने ।
यो चलचित्रले टेम्पो चलाउने महिलाको कथालाई प्रस्तुत गरेको छ । नायिका खड्काले टेम्पो चालक महिलाको भूमिकामा काम गरेकी छिन् । चलचित्रमा कलाकार लक्ष्मी बर्देवाले स्वस्तिमाको टेम्पोचालक साथीको भूमिका निर्वाह गरेकी छिन् ।
च्लचित्रको छायांकन सकिएपछि यसको प्रदर्शन मिति पनि तय भएको छ । निर्माता अबिरल थापाका अनुसार फागूण ३ गतेबाट यो चलचित्र रिलिज हुनेछ ।
यो चलचित्रमा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डे आदि कलाकारको अभिनय छ । सुसन प्रजापतिको छायांकन रहेको चलचित्रलाई विनोद पौडेलले लेखेका हुन् ।
प्रतिक्रिया 4