Comments Add Comment

वडाध्यक्षकै मिलेमतोमा बृद्धभत्ता हिनामिना

२५ भदौ, रौतहट । माधवनारायण नगरपालिकामा जनप्रतिनिधिकै मिलेमतोमा सामाजिक सुरक्षा भत्तामा हिनामिना गरेको भेटिएको छ ।

केन्द्रीय पञ्जिकरण विभागले गरेको अध्ययनमा नगरपालिकाको वडा नम्बर ६ मा ९ लाख ७७ हजार ६०० रुपैयाँ सामाजिक सुरक्षा भत्ता हिनामिना भएको भेटिएको हो ।

वडाध्यक्ष राजीवकुमार यादव र वडासचिव मनोजकुमार झाको मिलेमतोमा हिनामिना भएको हो । थप अनुसन्धान गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाइएको विभागमा महानिर्देशक रुपनारायण भट्टराईले बताए ।

भट्टराईकाअनुसार मृत्यु भइसकेकाहरुको नाममा समेत बुद्धभत्ता बाँडेको भेटिएको छ । साथै वितरण नै नभएको रकमलाई पनि खर्चमा समावेश गरिएको छ ।

दलित बालबालिकालाई दिइने मासिक ४०० रुपैयाँ बालपोषण भत्तामा पनि अनियमिता भएको पाइएको छ । ५ वर्ष उमेर पूरा गरिसकेकाहरुको नाम राखेर रकम हिनामिना गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पञ्जीकरण विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment