+
+

साढे दुई वर्षपछि उठ्यो कावासोती नगरपालिकाको फोहोर

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २५ गते १८:०४

२५ भदौ, नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले लामो समयदेखि उठाउन नसकेको फोहोर उठाउन थालेको छ ।
कावासोती नगरपालिकासँग रहेको जोडर र टिपर प्रयोग गरेर फोहोर उठाउन सुरु गरेको हो ।

चाडपर्व नजिकिएसँगै नगरपालिकाले फोहोर उठाउन सुरु गरेको हो । कावासोती नगरपालिकाका इन्जिनियर पवन रुपाखेतीले नगरपालिकाले तत्कालका लागि वडावडाले आफ्नो वडा भित्रको फोहोर व्यवस्थापन गर्ने निर्णय अनुसार फोहोर उठाउन सुरु गरिएको बताए ।

यसअघि नगरपालिकाबाट निस्केको फोहोर कहाँ व्यवस्थापन गर्ने भन्ने विषयमा सहमति जुट्न नसक्दा झण्डै साढे दुई वर्षदेखि फोहोर उठ्न सकेको थिएन ।

जनता मावि त्रिभुवनटारका प्रधानाध्यापक गिरिराज गिरीले फाहोर व्यवस्थापन गर्ने कार्य राम्रो रहेको बताए ।

उनले भने, ‘केही वडालाई केन्दि्रत गरेर फोहोर उठाउन थालिएको छ । यसलाई अझ व्यवस्थित गरेर प्रत्येक वडामा पुर्याउन सके अझ राम्रो हुने थियो ।’

नगरपालिकाले भने चाडपर्वलाई लक्षित गरेर मात्र नभइ अब कावासोती नगरपालिकाको फोहोरलाई दिगो व्यवस्थापन गर्न नगरपालिका अन्तिम चरणमा पुगेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?