Comments Add Comment

पहिरो खस्दा बुटवल- पाल्पा सडक अवरुद्ध

२५ भदौ, बुटवल । पहिरो झरेपछि सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका अन्तर्गत झुम्सादेखि माथि पानीमिल र सिरुवाबारीको बीचमा पहिरो खसेपछि दिउँसो ४ बजेदेखि सडक अवरुद्ध भएको हो ।

पहिरो पन्छाउन बुटवलबाट एउटा र पाल्पाबाट एउटा डोजर प्रयोग गरिए पनि वषर्ा नरोकिएका कारण सडक खुलाउन ढिलाई भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

सडकमाथिबाट पहिरो झर्ने क्रम नरोकिएकाले अवरुद्ध सडक कति समय पछि खुल्छ भन्ने यकीन नभएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा पाल्पा हुँदै बुटवलतर्फ आइरहेका सवारी साधनहरु केराबारीमा र बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पोखरा लगायतका स्थानतर्फ जाने सवारी साधनहरु झुम्सामा रोकिएका छन् ।

भारी वर्षाका कारण तिनाउ नदीमा पानीको वहाव यसवर्षकै सबैभन्दा माथि आएको प्रहरीले जनाएको छ । तिनाउमा बाढी आएपछि नदी किनार अतिक्रमण गरेर बसेका वस्तीहरुमा सतर्कता अपनाइएको छ । बाढीले सोमबार साँझसम्म कुनै मानवीय क्षति भने नपुर्‍याएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment