Comments Add Comment

विराटनगरका २ निजी कलेज मर्ज

२६ भदौ, विराटनगर । विद्यार्थीको अभावपछि सरकारले सामुदायिक विद्यालय मर्जको अभियान नै सञ्चालन गरिरहेको छ । सरकार कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई मर्ज गर्न सुझाइरहेका बेला काठमाडौंपछिको शैक्षिक गन्तव्यका रुपमा लिइने विराटनगरमा भने निजी कलेज पनि यसप्रति आकर्षित भएका छन् ।

विराटनगरका चर्चित दुई निजी क्षेत्रका शैक्षिक संस्था मेरिल्याण्ड र शिक्षादीप माध्यमिक विद्यालय मर्ज प्रक्रियामा अघि बढेका हुन् ।

दुई विद्यालयले उच्च शिक्षाका लागि संयुक्त रुपमा हिमालयन दर्शन कलेज सञ्चालन गर्नेछन् । कक्षा ११ र १२ सञ्चालन गर्दै आएका शिक्षादीप र मेरील्याण्ड माध्यमिक विद्यालयका सञ्चालकले उच्च शिक्षाका लागि हिमालय दर्शन कलेज सञ्चालन गर्ने भएका हुन् ।

कलेजलाई प्रदेश कै उत्कृष्ट गन्तव्य बनाउन मर्ज गरिएको निर्देशक भेजराज पोखरेलले जानकारी दिए । यी कलेजले त्रिभुवन विश्वविद्यालयबाट बीएस्सी सीएसआईटी, बीआईएम, बीसीए, बीबीएस र बीएचएम कोर्ष सञ्चालनको स्वीकृति पाएका छन् ।

उच्च शिक्षाकालागि मर्ज भएका विद्यालयले कक्षा ११ र १२ भने छुट्टा–छुट्टै टिमबाट सञ्चालन गर्ने छन् ।

दुई विद्यालयका लगानीकर्तामध्ये सात जनाको सञ्चालक समिति गठन गरिएको पोखरेलले जानकारी दिए । नयाँ समितिको अध्यक्षको जिम्मेवारी गुणराज ढुंगेलले सम्हालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment