Comments Add Comment

सुर्खेतमा सिटीस्क्यान सेवा

२६ भदौ, सुर्खेत । मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँ, सुर्खेतमा सिटीस्क्यान सेवा सुरु भएको छ ।

लामो समयदेखि यहाँका नागरिक सिटीस्क्यान सेवाबाट वञ्चित रहँदै आएका थिए । जटिल रोगको उपचारका लागि उक्त सेवा आवश्यक रहेको क्षेत्रीय अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डा डम्बर खड्काले बताए । डा खड्काका अनुसार तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको कार्यकालमा सिटीस्क्यान सेवाका लागि पहल गरिएको थियो ।

सङ्घीय सरकारको सहयोगमा सिटीस्क्यानका लागि अस्पताललाई रु तीन करोड ५० लाखको उपकरण प्राप्त भएको छ । अस्पतालले सामबारदेखि उक्त सेवा सुरु गरेको छ ।

बिरामीले निजी अस्पतालभन्दा ५० प्रतिशत सहुलियतमा सो सेवा पाउने डा खड्काले जानकारी दिए । ‘अब नागरिकले महँगो शुल्क तिरेर जटिल खालका रोगको उपचारका लागि बाहिर धाउनुपर्ने छैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment