+
+

जसिता भन्छिन्-‘म प्रदिपको शुभचिन्तक हुँ, प्रेमिका होइनँ’

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २६ गते १२:०६

नायक प्रदिप खड्कासँग चलचित्र ‘लिलिबिली’मा काम गरेपछि नायिका जसिता गुरुङको चर्चा खुबै भयो । डेब्यू चलचित्रबाट नै जसिताले पाएको लोभलाग्दो सफलताले उनलाई उचाइमा त पुर्‍यायो तर, उनले चलचित्रमा काम गर्छिन् या गर्दिनन् भन्ने कौतुहलता दर्शकमा थियो । उनै जसिता करिब ५ महिनापछि बेलायतबाट नेपाल आएकी छिन् ।

सोमबार चलचित्र ‘रोज’ हेर्नका लागि काठमाण्डौको कुमारी हल पुगेकी जसिताले नायक प्रदिप खड्काको कामको प्रशंसा गरिन् । जसिताले भनिन्-‘लिलिबिलीमा भन्दा यसमा प्रदिपजीको काम निकै फरक पाएँ । चलचित्र पनि राम्रो बनेको छ ।’

जसिता अहिले दुब्लाएकी छिन् । उनले, आफूले चलचित्रको भूमिकाका लागि भन्दा पनि फिटनेशका लागि तौल घटाएको बताइन् । जसिताले नायक प्रदिप खड्कासँग चलिरहेको प्रेमको चर्चामा समेत जवाफ दिएकी छिन् । उनले भनिन्-‘यो सबै हल्ला मात्र हो । म प्रदिपको शुभचिन्तक हँु, प्रेमिका होइनँ ।’

नायक प्रदिप खड्काको कारमा हलमा आएकी जसिता उनीसँगै फर्किएकी थिइन् । प्रदिप र जसिताले नयाँ चलचित्र ‘लभ स्टेशन’मा काम गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?