+
+
Shares

सुधारियो सेयर बजार, ३३ करोडको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २६ गते १५:३०

२६ भदौं, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा सुधार देखिएको छ । साताको दोस्रो दिन सोमबार ८.१० अंकले ओरालो लागेको सेयर बजार मंगलबार भने ६ दशमलव ७७ अंकले बढेर सुधार देखिएको हो ।

नेप्से परिसूचक ६ दशमलव ७७ अंकले बढेर १ हजार २ सय १७ दशमलव ६५ अंकमा पुगेको छ । सोमबार नेप्से परिसूचक ८ दशमलव १० अंकले घटेर १ हजार २ सय १० दशमलव ८८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो ।

नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधार देखिएको छ । दिनभरमा भएका ४ हजार ९७ कारोबारबाट १० लाख ९७ हजार ९ सय ११ कित्ता सेयर किनबेच भए । जसअनुसार मंगलबार ३३ करोड ३२ हजार ७ सय ७३ रुपैयााको सेयर कारोबार भयाे ।

सोमबारको कारोबारमा कुल १ सय ६२ कम्पनीको ११ लाख ५९ हजार २७२ कित्ता सेयर खरिदबिक्री हुँदा २७ करोड ७४ लाख २२ हजार ९६७ रुपैयााको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?