Comments Add Comment

सवारीको कुम्भ मेला भृकुटीमण्डपमा शुरु (फोटोफिचर)

२६ भदौ, काठमाडौं । नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपाल र ग्लोबल एक्पोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको आयोजनामा काठमाडौंमा नाडा अटो-शो शुरु भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले मंगलबार भृकुटीमण्डपमा मेलाको उद्घाटन गरे । उनले अटोमोबाइल क्षेत्र अब आयातमा भन्दा बढी उत्पादनतर्फ लाग्नुपर्ने उल्लेख गरे ।

डा खतिवडाले देशभित्र नै सवारी उत्पादन हुने वातावरण नभएसम्म भन्सारमा लिइएका कडा किसिमको नीति खुला गर्न नसक्ने संकेत गरे ।

मेला भदौ ३१ गतेसम्म चल्नेछ । ६ दिनसम्म चल्ने १३ औं नाडा अटो-शोमा विभिन्न ३९ वटा ब्राण्डका सवारी साधन राखिएका छन् ।

नाडाका अध्यक्ष शम्भु दाहालले अटो क्षेत्रले राजश्वमा ठूलो योगदान गरेकाले राज्यलाई यो क्षेत्रलाई विलाशिता भन्दा बढी आवश्यकताको साधनका रुपमा हेर्नुपर्ने बताए । उनले अटो क्षेत्रले गरेको योगदानलाई ध्यानमा राखेर त्यसैअनुसार सडक लगायतका पूर्वाधार पनि विकास गर्नुपर्ने दाहालको भनाइ छ ।


कार्यक्रम संयोजक निराकार श्रेष्ठले १९ वटाचार पांग्रे र २० वटा दुई पांग्रे ब्राण्डले मेलामा सहभागिता जनाएको जानकारी दिए । यस वर्ष स्थान अभाव भएकाले हेभी कमर्सियल सवारी साधन प्रदर्शनीमा राखिएको छैन ।

उनकाअनुसार सवारी साधनको प्रदर्शनीमा सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस् र लुबि्रकेण्टसका पनि स्टल पनि छन् । नाडाले दशैं आउनुभन्दा झण्डै महिना दिन अगाडि गर्न सुरु गरेको अटो-शोमा सवारीका नयाँ मोडलहरु सार्वजनिक गरिएका छन् । यो वर्ष मेलाका लागि ३ वटा हृयांगरहरु निर्माण गरिएका छन् ।

मेलामा खरिदकर्ताहरुलाई विभिन्न छुट र उपहार दिइएको छ । मेलामा अवलोकन गर्नेमध्येबाट दैनिक एकजना भाग्शाली विजेताले कुलप्याड मेगा २.५डी मोबाइल पनि प्रदान गरिने संयोजक श्रेष्ठले बताए ।

७१ वटा कम्पनीका १३४ स्टल रहेको प्रदर्शनीलाई ७० हजार दर्शकले अवलोकन गर्ने नाडाको अनुमान छ । प्रदर्शनीमा सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुबि्रकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिज बिक्रेताको सहभागिता छ । जसमा नेपालमै उत्पादित सामाग्रीहरु समेत छन् ।

पर्याप्त पार्किङ सुविधाका लागि यसवर्ष विेशष प्रयास गरिएको छ । ‘मेला गतवर्षहरुमा भन्दा थ ब्यवस्थित र भब्य गर्न खोजेका छौं । अटो-शोले दशैं अघि नयाँ गाडी चढ्न चाहानेहरुलाई सजिलो गराउनेछ’ श्रेष्ठले भने ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment