Comments Add Comment

चर्चामा विद्युतीय कारः किन्नुहुन्छ भने यी हुन् विकल्प

२६ भदौ, काठमाडौं । यो वर्षको नाडा अटो-शो अघिल्ला वर्षहरुभन्दा विषेश छ, कारण हो विद्यतीय सवारी । आजबाट सुसरु भएको मेलामा विद्युतीय गाडीहरुले पनि कडा प्रतिस्पर्धा गर्दैछन् । गत वर्ष किया र महिन्द्राका मात्रै इकेक्टि्रक गाडीले मात्रै मेलामा प्रतिस्पर्धा गरेका थिए ।

यो वर्ष इलेक्टि्रक गाडीको प्रतिस्पर्धा झनै बढेको छ । यसपटक टाटा, हुण्डाई र रेनोले पनि मेलामा आफ्ना नयाँ इलेक्क्रिक कारहरु राखेका छन् ।

योसँगै नेपालमा इलेक्टि्रक कारहरु भित्रिने क्रम बाक्लो हुने विश्वास गर्न सकिन्छ । अहिलेसम्म नेपालमा इलेक्टि्रक कारप्रति सर्वसाधारण विश्वस्त हुन सकेका छैनन् । मूल्य केही महंगो हुने, चार्ज गर्न समय लाग्ने लगायतका कारणले विद्युतीय सवारीमा आकर्षण ठूलो दरमा बढ्न सकेको छैन ।

तर, अब अटो बजारमा मुख्य खेलाडीले नै विद्युतीय सवारीमा आक्रमक हुने हुने ढंगले बजारमा छिट्टै आउने इलेक्टि्रक कारलाई मेलामा सजाएका छन् । यसबाट सर्वसाधाराणलाई इलेक्टि्रक कारप्रति विश्वस्त पार्न सकिने ठम्याइ कम्पनीहरुको छ ।

नेपालमा विद्युतीय कारका लागि हालसम्म राजमार्ग र शहरभित्र चार्जिङ स्टेशन लगायतका पूर्वाधार तयार भएका छैनन् । तर, पनि विस्तारै विद्युतीय कारको प्रयोग भने बढिरहेको छ ।

टाटा र हुण्डाई पनि विद्युतीय कारसहित नेपाल प्रवेश गर्दा बजारमा विद्युतीय सवारीमा उपभोक्ताको आकर्षण झनै तानिने छ । जति विद्युतीय कारको संख्या बढ्दै जानेछ, त्यति नै सरकारमाथि चार्जिङ स्टेशन लगायतका पूर्वाधार तयार गर्न दबाव पर्ने व्यवसायीहरुको भनाइ छ ।

विद्युतीय कारहरुको सञ्चालन खर्च पनि अत्यन्तै कम रहेको दावी कम्पनीहरुको छ । तेलबाट चल्ने कारजस्तै यसलाई तालिकाअनुसार सर्भिसिङ गरिरहनु पर्दैन । सबैभन्दा राम्रो पक्ष यो गाडी हत्तपत्त बिग्रिँदैन ।

त्यसैले सामान्य आम्दानी भएका मध्यम वर्गीय परिवारलाई पनि यो गाडी उपयुक्त रहेको छ । अपरेेशन कष्ट निकै न्यून रहेको हुँदा मध्यमवर्गीय परिवारलाई उपयुक्त मानिन्छ ।

नयाँ अत्याधुनिक प्रविधि जडान गरिएको हुँदा युवाहरु पनि यो कारप्रति लोभिने देखिन्छ । व्यस्त सडक सुहाउँदो यो विद्युतीय कार प्रयोगकर्तालाई इन्धनको लामो लाइनमा बस्नु पर्दैन ।

न त पेट्रोल र डिजेलको जस्तो महंगो संचालन खर्च, न त नियमित मर्मत सम्भारको झन्झट नै हुन्छ । त्यसैले विद्युतीय कार नेपालमा छिट्टै लोकपि्रय हुने विश्वास विद्युतीय कार उत्पादक तथा वितरक कम्पनीले लिएका छन् । आरामदायी विद्युतीय कारहरु वातावरणमैत्री पनि छन् ।

विद्युतीय सवारीका हकमा भने नेपालमा चार्जिङ स्टेशन लगायतका पूर्वाधार नभएकाले तत्काल सहज वातावरण नबनेको व्यवसायीको विश्लेषण छ । चार्ज गर्न केही घण्टा नै लाग्ने लगायतका विद्युतीय सवारीका केही असहज पाटाहरु पनि छन् ।

नेपालमा अहिलेसम्म ब्याटि्र स्वाप गर्ने स्थिति पनि सिर्जना भएका छैनन् । चार्जिङ स्टेशनमा पनि उत्पादक देश अनुसार फरक-फरक प्रकारका चार्जिङ प्रविधि प्रयोगको बाध्यता पनि हुन्छ । विद्युतीय सवारी केही महंगो पनि पर्छ ।

तर, पनि नेपालमा रहेको जलविद्युत उत्पादनको सम्भाब्यता र त्यसका लागि भइरहेको कामलाई हेर्दा विद्युतीय सवारीमा नेपालको भविष्य राम्रो रहेको बताउँछन् व्यवसायीहरु । राम्रो पूर्वाधर बनाउन सरकारले काम गर्ने हो भने तेल आयात गरेर भइरहेको ठूलो ब्यापार घाटालाई न्युनीकरण गर्न सकिने उनीहरुको विश्वास छ ।

नेपालमा लोडसेडिङ हटेर उर्जाको वितरणमा सहजता आएको समयमा नाडामा यी चार विद्युतीय काहररु प्रदर्शनमा छन्ः

हुण्डाईको आयोनिक


हुन्डाईले नाडा अटो शोमा आफ्नो विद्युतीय सवारी आयोनिक प्रदर्शनमा राखेको छ । तत्काल बुकिङ नलिए पनि प्रतिक्रियाका लागि अटो शोमा हुण्डाईले नयाँ विद्युतीय कार ल्याएको हो ।

केही समयभित्रै हुण्डाई कोना इलेक्ट्रिक कार पनि ल्याउने बताएको छ । आयोनिकको पनि छिट्टै बुकिङ लानि थालिने वितरिक लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।

आयोनिक पछिल्लो समयमा विश्वबजारमा रुचाइएको कार हो । यो सेडानमा एयरब्यागसहित फरवार्ड कोलिजन वार्निङ, लेन किप असिष्ट, एबीएस, स्ट्याबिलिटी कन्ट्रोल, ब्लाइन्ड स्पट डिटेक्सन सिष्टम, लेन डिपार्चर लगायतका सुरक्षात्मक फचिर्स छन् ।

यसमा ७ इन्च टिएफटी इन्स्टुमेन्टल क्लस्टरसहित एन्ड्रोइड अटो, एप्पल कार प्ले, वायरलेस चार्जर, फुल लेदर सिट लगायतका विशेषता पनि छन् । लुक्स पनि दमदार छ । यसको पर्फरमेन्स पनि उत्कृष्ट रहेको कम्पनीको दावी छ ।

एकपटक फुल चार्ज गरेपछि २ सय २० देखि २ सय ५० किलोमिटर गुड्न यो कार सक्षम छ । कार १ सय ६५ किलोमिटर प्रतिघन्टाका दरले दौडन सक्छ । नेपाली बजारमा यसको मूल्य ५२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

टाटाको टिगोर इलेक्ट्रिक 


सिप्रदी ट्रेडिङले टिगोर इभीलाई नाडा अटो शोमा प्रदर्शन गरेको छ । यो टाटा मोटर्सको पहिलो विद्युतीय कार हो । यसको बुकिङ भने लिइएको छैन ।

टिगोर ईभीका लागि इलेक्टि्रक ईभीले इलेक्टि्रक ड्राइभ सिस्टम विकास गरेको हो । यो कारले अधिकतम् पावरका साथ ३० किलोवाटको इलेक्ट्रीक मोटरमार्फत ४५ सय आरएमपी उत्पादन गर्छ । यसमा ५ जना यात्रुले आरामसँग यात्रा गर्न सक्छन् । यसमा सिंगल स्पीड अटोमेटिक ट्रान्समिसन सिस्टम छ ।

यसको ग्राउड क्लेयरेन्स १७० एमएम छ । यसमा उच्चस्तरी सस्पेन्सन सिस्टम छ । २१६ एएचतको ब्याटि्र छ । यो ७२ भोल्टको ब्याटि्र हो । सामान्यतया ३६० मिनेटमा चार्ज हुने यो कार ९० मिनेटमै पनि फास्ट चार्ज गर्न सकिन्छ ।

महिन्द्राको ई-भेरिटो

महिन्द्राको इलेक्ट्रिक कार ‘ई-भेरिटो’कार पनि नाडा अटो शोमा नयाँ कार हो । यसअघि महिन्ऽाको इटुओ प्लसबाट विद्युतीय सवारीक ग्राहकको मन जितेको कम्पनीले नयाँ विद्युतीय कार ल्याएको हो ।

अग्नि इन्कर्पोरेटेडले अर्थमन्त्री डा. युवराज खतिवडामार्फत गाडी सार्वजनिक गर्‍यो । ई भेरिटो भारतीय बजारमा यसअघि नै उपलब्ध भएर चर्चा कमाएको सेडान कार हो ।
युसमा ७२ भोल्टको मोटर जोडिएको छ, जसले ४० बीएचपी पावरका साथमा ९१ एनएम टर्क उत्पादन गर्छ । एकपटक पुरा चार्ज गरेपछि १ सय १० किलोमिटरसम्म गुडाउन सकिन्छ ।

कारमा रहेको रि-जेनेरेटिभ ब्रेकिङ सिस्टमले पावर तथा ब्याट्रीलाई चार्ज गर्छ । यसमामा फास्ट चार्जिङ सिस्टम पनि छ । कारलाई एक घन्टा ४५ मिनेटमा चार्ज गर्न सकिन्छ ।

यसको मूल्य २८ लाख ८० हजार रुपैयाँ तोकिएको छ । नाडा बुकिङ गर्दा ५० हजार छुटाको अफर पनि छ ।

महिन्द्राको ‘इटुओ-प्लस’

महिन्द्राको ‘इटुओ-प्लस’ नेपाली बजारमा भित्रिएको लामै समय भयो । नेपालमा विद्युतीय कारको प्रवेश गराउने पहिलो कम्पनी पनि महिन्द्रा इलेक्ट्रिक नै हो । नेपालमा धेरै विद्युतीय सवारी बजार पनि यही कम्पनीको छ । अटो शोमा नराखिए पनि यो कार अटो शोबाटै बुकिङ गर्न भने सकिन्छ ।

पहिले यो कम्पनीका विद्युतीय कार टु-डोर (२ ढोका)मा मात्रै उपलब्ध थियो । अब फोर-डोर (४ वटा ढोका) सहितको इटुओ-प्लस नपाली बजारमा आइसकेको छ ।

यसले कम खर्च गरेर पनि स्मार्ट विद्युतीय कार चढ्ने चाहाना राख्नेलाई गज्जवको विकल्प दिएको छ । ‘महिन्ऽा इटुओ’को स्मार्ट भर्सनका रुपमा आएको इटुओ-प्लस निकै आकर्षक, सुविधाजनक र उपयोगी रहेको कम्पनीले दावी गरेको छ ।

कम्पनीका अनुसार यो आरामदायी, सुरक्षित, सजिलो र छरितो तथा वातावरणमैत्री सवारी हो । यसमा डुअल साइड इम्प्याक्ट बिम, हिल होल्ड असिस्ट, इएलआर सिटबेल्ट, रेयर डोर चाइल्ड लक,फ्रन्टल कम्पल जोन, लगायतका सिस्टम जडान गरिएको छ ।

इटुओ प्लस डिजेल र पेट्रोलबाट चल्ने अन्य कारभन्दा निकै स्मार्ट छ । ड्यासबोर्डमा स्टेट अफ दि आर्ट इन्फोटेन्मेन्ट सिस्टम छ । यसमा रेडियोसहित एसडी कार्ड डाटा लगातका सुविधा छ । यो कार घरमा सहजै चार्ज गर्न सकिन्छ । डिजिटल क्लष्टर विद ड्राइभ इन्फरमेशन लगायतका फिचर्स पनि छन् । स्मार्टफोन कनेक्टिीभिटी, रिभर्स क्यामेरा, महिन्द्रा सिग्नेचर ग्रील, क्रिष्टल एलईडी ल्याम्प, र पर्याप्त बूट स्पेश लगायतका फिचरले पनि यो गाडीलाई विशेष बनाएको छ ।

इलेक्टि्रक पावर स्टेयरिङ रहेको यो गाडी एकपटक चार्ज गरेपछि १४० किलोमिटर कु्न सक्छ । यसले ८५ कलिोमिटर प्रतिघण्टाको गति दिनसक्छ । यो कारमा इलेक्टि्रक ड्राइभट्रेन टेक्नोलोजी प्रविधि प्रयोग भएको छ । यसको ब्याट्री र इञ्जिन निकै पावरफूल छ ।

आकर्षक डिजाइनसहितको यो गाडीभित्र पर्याप्त स्पेश छ । यसमा ४ जनाले सहजै यात्रा गर्न सक्छन् । विद्युतबाट चल्ने हुँदा महिन्द्रा इटुओ-प्लसमा भाइब्रेसन र आवाज आउँदैन । यसमा एसी सुविधा पनि छ ।

किया सोल इभी

नेपालमा अहिले पनि चल्तीमा रहेको अर्को विद्युतीय गाडी हो, कियाको सोल इभी । यो गाडी नाडा अटो शोमा पनि विशेष आकर्षणका रुपमा रहनेछ ।

कोरियाली अटो कम्पनी कियाको नेपालको लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले विद्युतीय कार ‘सोल इभी’ बिक्री वितरण गर्दै आइरहेको छ ।

उच्च प्रविधि जडान भएको सोल इभीको ब्याट्री शक्तिशाली रहेको र एक पटक पूरा चार्जमा १ सय ८० किलोमिटर गुड्ने कम्पनीले जनाएको छ ।

यो कारमा २७ केडव्ल्युएच लिथियम आयान पोलिमर ब्याट्री छ, जसको पावर ९० किलोवाट छ । धेरै कुद्ने भए पनि यसको व्याट्री चार्ज गर्न चार्ज स्टेसनको डिसी फास्ट चार्जरबाट चार्ज गर्दा ३३ मिनेट, एसी फास्ट चार्जरबाट ४ घण्टा लाग्नेछ ।

कार किन्दा ग्राहकलाई दिइने एसिलो चार्जरबाट मौसम अनुसार १५ देखि १८ घण्टा लाग्ने कम्पनीले जनाएको छ । ६.६को अनबोर्ड चार्जर पनि छ ।

यसको ब्याट्रीमा सात वर्षको ग्यारेन्टी दिइएको छ । यात्रु तथा चालकको सुरक्षाका लागि यसमा एयरब्याग समावेस छ । यो कारमा गियरको झन्झट हुदैन ।

रेनोको जोइ

नाडा अटो शोमा रेनोको इलेक्टि्रक कार पनि देखिएको छ । ‘रेनो जोइ इलेक्टि्रक कार’ पहिलो पटक नेपालमा आएको हो ।  यो कार आधुनिक र सुविधासम्पन्न छ । कारमा एन्ड्रोइड अटो कम्प्याटिबिलिटीसहित विभिन्न सुविधा उपलब्ध छन् ।

आधुनिक प्रविधियुक्त साजसज्जा, आकर्षक बनावट, उत्कृष्ट क्षमता र प्रदुषण शून्यता नै यो कारका मुख्य वशेषता भएको कम्पनी बताउँछ ।

यसमा स्टाण्डर्ड चार्ज, र्फट चार्ज र र्‍यापिड चार्ज गरी चार्जिङको तीनवटा विकल्प छन् । यसमा सेन्सरयुक्त क्लाइमेट कन्ट्रोल एयर कन्डिसनिङ सिस्टम, रेनो किकार्ड, इलेक्टि्रक प|mन्ट विन्डोजलगायतका सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।

गाडीमा एन्टी लक ब्रेकिङ सिस्टम, एमरजेन्सी ब्रेक एसिस्ट, एयरब्याग लगायतका सुरक्षा सिस्टम पनि जोडिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment