Comments Add Comment

अनौठो जमिन, जहाँ कार खेती हुन्छ

बालीनाली तथा बोटविरुवा उमार्ने र खेती गर्ने जमिन हुनु त सामान्य भयो । तर दुनियाँमा यस्तो ठाउँ छ, जहाँ जमिनमा कारको खेती गरिन्छ र जमिनमा कार उम्रिएका हुन्छन् ।

हो, अमेरिकामा कारको खेती गरिन्छ । नेवादा राज्यको गोल्डफिल्डमा बस्ने एकजना व्यक्तिले त्यहाँको पहाडि क्षेत्रमा कारको खेती सुरु गरेका छन् ।

पुराना गाडीहरुलाई यस्तो तरिकाले पनि प्रयोग गर्न सकिनेछ भन्ने कुराको अनौठो उदाहरण उनले पेश गरेका छन् ।

माइकल मार्क रिप्पी नामका व्यक्तिले कारको अनौठो खेती गरिरहेका हुन् । सन् २०११ मा सुरु भएको उनको उक्त काममा रिप्पीलाई एकजना अर्का सहयोगी फेला परे । केड सार्ग नामका व्यक्तिे रिप्पीको उक्त सिर्जनशील आइडियालाई नयाँ उडान दिए ।

दुवै मिलेर उक्त अनौठो ठाउँलाई द इन्टरनेशनल कार फरेस्ट अफ द लास्ट चर्च नाम दिइएको छ । उक्त कार जंगलमा ४० भन्दा धेरै कार छन् । त्यहाँ साना तिना कारका साथै ठूलो ट्रकहरु पनि छन् । गाडीहरु जमिनमा धसिएका छन्, गाडेको वा उम्रिएको जस्तो गरी ।

उम्रिएका जस्ता गाडीको दृश्य निकै अनौठो देखिन्छ । रातको समयमा त्यहाँके सुन्दरता झनै बढ्दछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment