Comments Add Comment

भारतको भूकम्पले पूर्वी नेपालमा धक्का

२७ भदौ, काठमाडौं । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । यो भूकम्प नेपालमा नभइ भारतमा गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा गएको भूकम्पका कारण पूर्वी नेपालका जिल्लामा पनि धक्का महसुस भएको जनाएको छ ।

आसाममा ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ । भारतीय सञ्चार माध्यमले भने ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको प्रारम्भिक रिपोर्ट आएको जनाएका छन् ।

पश्चिम बंगाल, बिहार, आसाम, अरुणाचल प्रदेश, मणिपुर, नागाल्याण्ड दार्जिलिङ, जलपाइगुडीका साथै नेपालको पूर्वी क्षेत्र र भुटानमा समेत भूकम्पको धक्का महसुस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment